३० कार्तिक २०८१, शुक्रबार
,
Latest
राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक जारी नेपालको बिजुली आजदेखि बंगलादेश निर्यात सुरु सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा नेका अनुसाशन समिति र संसदीय दलमा उजुरी ‘द ग्रेट इन्डियन कपिल शो’का निर्माताहरूलाई कानूनी सूचना दार्चुला जीप दुर्घटना अपडेटः घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो बेवारिसे नागरिकलाई नागरिकता प्रदान गर्नेकुरा समस्याको रुपमा छः सभामुख घिमिरे पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित इंग्ल्यान्डका बोपारा चितवन राइनोजमा उपनिर्वाचनः हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २७ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । साताको पहिलो दिन पुँजी बजारमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ५४ अङ्कले घटेर एक हजार आठ सय ५५ दशमलव ०६ अङ्कमा कायम भएको छ ।

नेप्सेका अनुसार आज दुई सय ५० वटा कम्पनीको ३७ लाख ७८ हजार कित्ता सेयर २६ हजार छ सय ६१ पटक खरिद बिक्री हुँदा रु एक अर्ब १५ करोड ७१ लाख ५५ हजार बराबरको कारोबार भएको छ ।

आजको कारोबारपछि सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै विकास बैंक समूह ६८ दशमलव ८७ र निर्जीवन बिमा समूह ६७ दशमलव ०८ अङ्कले घटेको छ ।

त्यस्तै बैंकिङ समूह १९ दशमलव ५८, वित्त समूह ४३ दशमलव ९३, होटल तथा पर्यटन समूह २५ दशमलव ३५, जलविद्युत् समूह ४० दशमलव ५३ र जीवन बीमा समूह ४० दशमलव ३६ अङ्कले घटेको छ । वित्त समूह ५६ दशमलव २६, व्यापार समूह चार दशमलव ७१, म्युचुअल फण्ड समूह शून्य दशमलव ११ र अन्य समूह ३२ दशमलव ३० अङ्कले घटेको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर २६ दशमलव १० अङ्कले बढेको छ । रुरु जलविद्युत् परियोजना लिमिटेड र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार भएका शेयर सङ्ख्या र कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै कृषि विकास बैंक लिमिटेडको रु छ करोड २५ लाख ११ हजार चार सय ३६ बराबरको दुई लाख एक हजार नौ सय ३९ कित्ता शेयर खरिद बिक्री भएको छ ।