• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

महानगरको मनपरी, जनविश्वास गुमाउँदै महानगर



काठमाडौँ । काठमाडौँको अनामनगरमा महानगरको ज्यादती विरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् ।

आईतबार काठमाडौँको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाईकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् ।

निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमति विपरित महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए । स्थानीयले महानगरले नीजी सम्पतीको प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकार प्रयोगमा अवरोध श्रृजना गरेको भन्दै महानगरको कार्यबिरुद्ध नाराबाजी गरेका थिए । स्थानीयको बिरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो ।

एक सर्वसाधरणले महानगर पालिका र ट्राफिक प्रहरीबीच समन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै बिरोध गरेका थिए । उहाँले महानगरले राजश्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘महानगरसँग हामीले के विश्वास गर्ने, हिजो एउटा कुरा भनेको थियो, आज अर्कै भनेर बाइक लिएर गएको छ । एक लाइन राख्न पाउँछ भनेर गएको हो । महानगर र ट्राफिक प्रहरीबीच समन्वय नै छैन अनि सर्वसाधारणलाएई दुःख दिन मिल्छ । राजश्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस् । महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुनबेला पनि दुःख दिएर हुन्छ । राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?

स्थानीयहरुले महानगरको गाडी नियन्त्रणमा लिए पछि महानगरले प्रहरी परिचालन बलप्रयोग गर्दै सवारी साधन उठाएर लगेको छ ।