३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महानगरको मनपरी, जनविश्वास गुमाउँदै महानगर

महानगरको मनपरी, जनविश्वास गुमाउँदै महानगर
अ+ अ-

काठमाडौँ । काठमाडौँको अनामनगरमा महानगरको ज्यादती विरुद्ध सर्वसाधारणले ४ घण्टा महानगरपालिकाको गाडी नियन्त्रणमा लिएका छन् ।

आईतबार काठमाडौँको अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन महानगरको टोलीले उठाएर गाडीमा राखेपछि त्यसको विरोधमा स्थानीयले मोटरसाईकल लोड गरेको महानगरको गाडीलाई नियन्त्रणमा लिएका हुन् ।

निजी निवास अगाडि छोडिएको व्यक्तिको जग्गाको एक लेनमा पार्किङ गर्न दिने यसअघिको सहमति विपरित महानगरको टोलीले सवारीसाधन उठाएपछि स्थानीय आक्रोशित बनेका थिए । स्थानीयले महानगरले नीजी सम्पतीको प्रयोग गर्न पाउने संविधान प्रदत्त अधिकार प्रयोगमा अवरोध श्रृजना गरेको भन्दै महानगरको कार्यबिरुद्ध नाराबाजी गरेका थिए । स्थानीयको बिरोधका कारण अनामनगर क्षेत्रको यातायात केही समय तनावग्रस्त बनेको थियो ।

एक सर्वसाधरणले महानगर पालिका र ट्राफिक प्रहरीबीच समन्वय बिना जनतालाई महानगरले दुःख दिने काम गरेको भन्दै बिरोध गरेका थिए । उहाँले महानगरले राजश्व उठाउने बहाना बनाउँदै गलत काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘महानगरसँग हामीले के विश्वास गर्ने, हिजो एउटा कुरा भनेको थियो, आज अर्कै भनेर बाइक लिएर गएको छ । एक लाइन राख्न पाउँछ भनेर गएको हो । महानगर र ट्राफिक प्रहरीबीच समन्वय नै छैन अनि सर्वसाधारणलाएई दुःख दिन मिल्छ । राजश्व उठाउने बहाना हो भन्ने स्पष्ट भन्नुस् । महानगरपालिकाले सरासर गलत गरिरहेको छ, जनतालाई जुनबेला पनि दुःख दिएर हुन्छ । राज्यले नै स्पष्ट नीति दिँदैन भने हामी कसरी चल्ने ?

स्थानीयहरुले महानगरको गाडी नियन्त्रणमा लिए पछि महानगरले प्रहरी परिचालन बलप्रयोग गर्दै सवारी साधन उठाएर लगेको छ ।