• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए

अनामनगरमा महानगरले निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयको प्रतिवाद



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले जनता भड्काउने अभिव्यक्ति दिनुभएको छ ।

काठमाडौं महानगरपालिकाले आईतवार अनामनगर क्षेत्रमा निजी जग्गामा राखिएका सवारीसाधन उठाएपछि स्थानीयले प्रतिवाद गरेका थिए । निजी जग्गामा पार्किङ गरिएको सवारी उठाएको भन्दै स्थानीयले नियम विपरित काम गर्न महानरका प्रतिनिधिलाई आग्रह गर्दा नगरप्रहरी प्रमुख पाण्डेले गाडीमा आगो लगाउनु भन्दै उत्तेजकप्रेरित अभिव्यक्ति दिनुभएको थियो ।

उहाँले महानगरको सवारी नै जलाउन चाहे पनि जलाउनुस् भन्दै भीडलाई थप उत्तेजित बनाएपछि अनामनगर क्षेत्र केही बेर तनाबग्रस्त बनेको थियो । महामनगरप्रहरी प्रमुख पाण्डेले निजी जग्गामा समेत पार्किङका लागि नक्शा पास गरेको हुनुपर्ने जस्ता अपाच्य अभिव्यक्ति दिनुभयो । उहाँले निजी ठाउँमा केही पनि गर्न नपाइने जस्ता अभिव्यक्ति दिनुभएको थियो जसमा आम सर्वसाधारणहरुले बिरोध जनाएका थिए ।

काठमाडौंका कुनैपनि निजी निवास अगाडि छोडिएको खालि ठाउँमा पार्किङ गर्न पनि पार्किङको छुट्टै नक्शा पास गरेको देखाउनु पर्ने दाबी पाण्डेले गर्नुभयो । नगरप्रहरी प्रमुख पाण्डेको अभिव्यक्तिपछि सर्वसाधारणहरु आक्रोशित बनेका थिए ।

त्यस्तै काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडा सदस्य सन्तोष ढुंगेलले पनि अनामनगर क्षेत्रका घरधनीले व्यवसायिक नक्शा पास नगरेको भन्दै निजी निवासमा पनि पार्किङको नक्सा पास हुनुपर्ने धारणा राखेपछि पीडीतहरुले ढुंगेलबिरुद्ध नाराबाजी गरेका थिए ।

महानगरपालिकाले ज्यादती गरेको भन्दै स्थानीयले महानगरको गाडीलाई झन्डै ४ घण्टा नियन्त्रणमा लिएका थिए ।