११ आश्विन २०८१, शुक्रबार
,
Latest
नेपाल बहराइनसँग पराजित शनिबार बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित कुलेखानी ड्यामको तटीय क्षेत्र डुबानको जोखिममा, स्थानीयलाई उच्च सतर्कतामा रहन अपिल दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात राष्ट्रसङ्घको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार… वन ऐन, नियमावली र निर्देशिकाहरु परिमार्जन गरी संघीय संरचना अनुकुल बनाउनुपर्नेमा जोड बाह्र घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन आग्रह बार अध्यक्षको आरोपः प्रधानन्यायाधीशले लेनदेनको आधारमा सर्वोच्चमा न्यायाधीश नियुक्तिको सिफारिस गरे कृषि कर्ममा रमाउँदै टेम्केमैयुङका युवा सडक सुरक्षा र महंगी नियन्त्रणमा ध्यान दिन सरकारलाई एमालेको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘अवतार २’ हेर्न गएका भारतीय युवकको निधन



अ+ अ-

एजेन्सी । शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छ ।

१२ वर्षपछि सिक्वेल रिलिज भएको फिल्मले विश्वभर राम्रो व्यापार गरिरहेको छ । यसैबीच, भारतमा फिल्म रिलिजको क्रममा अप्रिय घटना घटेको छ । ‘अवतार २’ हेर्न गएका एक युवकको मृत्यु भएको हो ।

भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार आन्ध्र प्रदेशका लक्ष्मी रेड्डी श्रीनुको फिल्म हेर्ने क्रममा मृत्यु भएको हो । भाइसँग गएका रेड्डी फिल्म हेर्न निकै उत्साहित थिए ।

उनी फिल्म हेर्दै गर्दा बेहोस भएर भुइँमा लडेका थिए । उनलाई तत्कालै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । तर चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । उनलाई हृदयाघात भएको जनाइएको छ । उनी उच्च रक्तचापको बिरामी थिए । मृतकको श्रीमती, एक छोरा र छोरी छन् ।

जेम्स क्यामरुनद्वारा निर्देशित यस फिल्मले भारतमा दुई दिनमै १०० करोडभन्दा बढीको व्यापार गरेको छ ।