३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दिउस हत्या प्रकरणः आरोपी छुट्दा मन बुझाउने ठाउँ पाएनन् परिवारले

दिउस हत्या प्रकरणः आरोपी छुट्दा मन बुझाउने ठाउँ पाएनन् परिवारले
अ+ अ-

उर्लाबारी । गत कात्तिक १३ गते छठ पुजामा हत्या भएका १५ वर्षीय दियुस श्रेष्ठकी आमा सुभद्राको आँखाबाट आँशु अझै रोकिएको छैन। आफ्ना एक्लो छोरा दियुसले अनाहकमा ज्यान गुमाएको भन्दै टोलाएर बस्छिन्, रुन्छिन्। एकछिन सम्हालिए पनि मनमा पुनः त्यही घटना स्मरणमा आउँछ। पीडा बल्झिन्छ अनि फेरि रुन थाल्छिन्।

तस्बिर हेर्छिन टोलाउँछिन्। सुभद्रालाई थाहा छ आफ्नो छोरा अब कहिले घर फर्किने छैनन्, आँगनमा खेल्दै गरेको देख्न पाइँदैन। एउटै आशा भनेको दोषीमाथि कारबाही होस्। भन्नेहरूले अनेक टिप्पणी गर्लान्। पर्नेलाई मात्र थाहा हुन्छ, आँशु र पीडा के हो भनेर। कल्पना समेत नगरेको घटना सुभद्रा र धनबहादुर श्रेष्ठको घरमा घट्न पुगेको थियो।

दमक–१० नलबारीका दियुसको उर्लाबारी–७ स्थित मावा खोलामा छठ पूजा हेर्न जाँदा हत्या भएको थियो। उनलाई पाँच जनाले पूजामा छुरा प्रहार गरेका थिए। दियुसको उपचारका क्रममा बिएण्डसी अस्पतालमा विर्तामोडमा मृत्यु भएको थियो।

‘मन बुझाउने ठाउँ नै छैन,’ आमा सुभद्राले आँखाभरि आँशु पार्दै भनिन्, ‘मेरो छोरा मार्ने सबैलाई छोडिदिएर एक जनालाई मात्र थुनामा राखिएको छ।’ छोरालाई मार्नेहरू अहिले खुलेआम घुमफिर गरी ‘धाकधम्की’ दिनुले आफूहरू अन्यायमा परेको सुभद्राले गुनासो गरिन्।

मावा खोलामा दियुसलाई सरोज बस्नेत, सनिस याख्या, विकास तामाङ, मञ्जिल माझी, सपन खत्री भएर छठ पूजा हेर्न जाँदा अन्धाधुन्ध छुरा हानेका थिए। त्यसपछि घाइते भएका दियुसलाई एकैपटक बुवाआमाले गोदाबरी अस्पताल उर्लाबारीमा उपाचारका क्रममा भेटे। त्यहाँ उपचार हुन नसकेपछि दियुसलाई विर्तामोडस्थित बिएण्डसी लगिएको थियो।

‘विर्तामोड लाने क्रममा त्यसबेला मलाई छुरा हान्ने मानिसको नाम भनेको थियो,’ सुभद्राले भनिन्, ‘छोराले भनेको कुरा प्रहरीसमक्ष जानकारी गराएकी थिएँ। प्रहरीले मलाई तपाईंको कुरा अनुसन्धानमा राख्छौं र अपराधीलाई कारबाही गरी जसरी नि न्याय दिलाउँछौ भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको थियो। तर त्यसको ठिक उल्टो भयो हामी झनै अन्यायमा पर्‍यौं।’

‘म निवेदक छोराको मृत्युको समयमा शोकमा रहेकोले प्रहरीकोमा जान नसके पनि परिवारका मानिसहरूले पटक(पकट प्रहरीलाई भेटी अनुसन्धान प्रक्रियाको बारेमा बुझिरहेका थियौं,’ सुभद्रा भन्छिन्, ‘तर प्रहरीले म र मेरो परिवारलाई जानकारी नै नदिई प्रहरीले कमजोर अनुसन्धान गरेछ।’

कमजोर अनुसन्धान प्रतिवेदन तथा कमजोर मिसिल तयार गरी जिल्ला अदालतमा बुझाइएको दाबी शुभद्राको छ। अदालतले अभियुक्तलाई थुनामुक्त गरेको र गाउँ घुमेको देख्दा मात्र आफूहरूलाई जानकारी भएको उनले बताईन्। उनले अभियुक्तहरू थुनामुक्त हुँदा आलो घाउमा नुनचुक छर्केजस्तै पीडा भएको बताइन्।

उनले भनिन्, ‘छोराले मृत्यु हुनु अगाडि च्यान्टेसहित चार जनाले छुरी हानेको बताएको थियो, त्यही कुरा प्रहरीलाई जानकारी गराउँदा पनि कमजोर मिसिल बनाएर हत्याका अभियुक्तहरूलाई उन्मुक्ति दिने काम भएको छ।’

च्यान्टे भनिने सन्देश खवासका बुवा सन्तोष खवासले पनि पैसाको चलखेलमा अन्यलाई उन्मुक्ति दिएर आफ्नो छोरालाई मात्रै थुनामा राखेको बताए। ‘कुटपिट गरेर एक्लैले मारेको भन्न लगाइएको रहेछ,’ उनले भने, ‘दोषीहरूलाई कारबाही हुनुपर्छ, कसैलाई उन्मुक्ति दिनु हुन्न। तर, मेरो छोरा च्यान्टे भनिने सन्देश खवासबाहेक सबै धरौटीमा रिहा भएका छन्।’

दियुसका बुवा धनबहादुरले आफ्नो छोराको हत्यामा एक जनालाई मात्र थुनामा राखेर अरूलाई उन्मुक्ति दिन नहुने बताए।
‘खसी(बाख्रा मार्न त एकजनाले सम्भव हुँदैन, मान्छे पो त। मेरो छोरा मार्ने सबैलाई कारबाही हुनुपर्छ,’ धनबहादुरले भने, ‘छोरो मरे पनि उनको हत्या गर्नेलाई कारबाही भएर आत्माले शान्ति पाउँछ न्याय पाउने थियौं भनेको तर यहाँ खेलो अर्कै भइसकेको रहेछ।’

आफूहरुलाई थुनाबाट छुटेकाहरूले बाहिर घुमफिर गरी खुलेआम धाकधम्की दिने गरेको धनबहादुरले बताए। उनले मुद्दाको अनुसन्धानमा संलग्न रही अपराधीकै पक्षमा प्रतिवेदन तथा मिसिल तयार पारिएको भन्दै त्यस्ता कर्मचारीहरूमाथि छानबिन गरी कारबाही गर्न र हत्यामा संलग्नलाई कानुन बमोजिम कारबाही गर्न माग गरेका छन्।

उनले थप अनुसन्धान गरी अपराधीलाई सजाय दिलाउन र पीडितलाई न्याय दिलाउने सम्बन्धमा जिल्ला प्रहरी कार्यालयसहित बोदार्थ जिल्ला सरकारी कार्यालय मोरङ, माहान्याधिवक्ताको कार्यालय कामाठाडौं र प्रहरी प्रधान कार्यालय नक्सालमा उजुरी गरिएको बताए।

दियुस हत्याका पाँच जना प्रतिवादीमध्ये च्यान्टेबाहेकका चार जनालाई जिल्ला अदालत मोरङले हालै धरौटीमा रिहा गरेको थियो। सरकारी वकिल उक्त हत्याबारे उच्च अदालतमा निवेदन दिने तयारीमा छ। १४ वर्षीय बालक दियुस श्रेष्ठ कक्षा ८ मा पढ्दै थिए।

गत वर्ष माघ–फागुनदेखि मात्रै उनी बेलबारीस्थित दिदीको घरमा बसेर पढ्न थालेका थिए। कक्षा ७ सम्म उर्लाबारीकै भृकुटी बोर्डिङ स्कुल पढेका थिए।

दिदी दीपिकाको घर बसेर पढिरहेका उनी कात्तिकमा भाइटीकाको दुई दिनअघि मात्रै घर आएका थिए। १० गते भाइटीका सकियो। उनी १२ गते इटहरीस्थित ठूलीआमाको घर हिँडेका थिए। ठूलीआमाको घर हिँडेका दियुस सकुशल घर फर्किनै पाएनन्। ‘ठूलीआमाको घर हिँडेको’ बोली नै बुवाआमाले अन्तिम सुन्न पाए।

दियुस भन्थे – म एसइई सकेपछि नेपाली सेनामा जान्छु। ‘सेनामा जागिर खाएर देशको सेवा गर्ने भन्थ्यो,’ शुभद्राले दुस्खी हुँदै भनिन्, ‘खोई के भन्नु सबै यस्तै हुन जुरेको रहेछ।’