• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

विश्वकप फुटबलमा सट्टेबाजी गराउने २ जना पक्राउ



सांकेतिक तस्बिर

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेले छन् ।

आरोपीहरूलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुरबाट पक्राउ गरेको हो ।

सुनिल चौगुठीले ३ करोड बढीको कारोबार गरेको अनुसन्धानबाट खुल्नमा आएको छ ।