४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

बिग्रेको सहर कस्तो हुन्छ भन्दा काठमाडौँ जस्तो भनेर देखाउने अवस्था आइसक्यो

बिग्रेको सहर कस्तो हुन्छ भन्दा काठमाडौँ जस्तो भनेर देखाउने अवस्था आइसक्यो
अ+ अ-

काठमाडौँ उपत्यका खानेपानीको हिसाबले निकै समस्याग्रस्त सहर हो । विकसित समाजमा प्रत्येक दिन प्रतिव्यक्ति १५० देखि २०० लिटर पानी खपत हुन्छ ।

तर मुलुकको राजधानीमा त्यो सम्भव कहिले होला ? पानी मात्र दिनु ठूलो कुरा होइन । पानी कति शुद्ध छ वा पिउनयोग्य छ भन्ने कुरा महत्त्वपूर्ण हो ।

काठमाडौँका अधिकांश स्थलमा ढल र खानेपानीको पाइप एउटै मंगालबाट गएको छ । जहाँ समान्यरुपमा लिकेज हुँदा नागरिकको धारामा कस्तो पानी पुगेको होला ?

विकसित मुलुकमा प्रतिव्यक्ति प्रतिवर्ष एक वा दुईभन्दा बढी व्याक्टेरिया हुनु हुँदैन । तर काठमाडौको धाराको पानी कल्चर गर्ने हो भने लाखौँ मात्राका व्याक्टेरिया भेटिन्छ । जसका कारण पानी ल्याउने मात्र होइन गुणस्तरीय पानी आवश्यक हुन्छ ।

यसका लागि पूर्वाधार नै महत्त्वपूर्ण कुरा हो तर हामीकहाँ सबै सतही अध्ययन र अनुमान तथा लहडका भरमा पूर्वाधारको काम हुन्छ । नत्र कुनै पनि मुलुकमा ढल र खानेपानीको पाईप सँगसँगै हुँदैन।

खानेपानी स्वच्छ नहुँदासम्म त्यो सहरलाई विकसित सहर मान्न सकिँदैन । पानीकै कारण पनि नेपाल विकसित राष्ट्रको मापदण्डमा प्रवेश गर्न सक्दैन ।

दुनियाका कुन सहर होला वर्षौंसम्म पनि राज्यले वितरण गरेको घारमा पानी नआउने ? नागरिकप्रति जवाफदेही भएको सरकार भएका मुलुकमा १ घण्टा मात्र पानी रोखिए उथलपुथल हुन्छ । तर यहाँ त यही महिना पानी आउँदैन भनेर राज्यले पानी रोक्दासमेत नागरिक मौन रहन्छन् । विकिसित देशमा केही समयका लागि पानी वितरण रोकिने हो भने पूर्वसूचना दिएर वैकल्पिक व्यवस्थासमेत मिलाइएको हुन्छ ।

नदी सभ्यता संस्कृतिको धरोहर हो । काठमाडौँ उपत्यकाभित्र रहेको तीन वटा नदी मृत नदीजस्ता भइसके । बिग्रेको सहर कस्तो हुन्छ भन्दा काठमाडौँ जस्तो भनेर देखाउने अवस्था आइसक्यो ।

अब जमिनमुनिको पानीको सुरक्षालाई पहिलो प्राथामिकतामा राख्नुपर्छ । ठूला ठूला संरचना बनाउने र उही तरिकाले जमिनमुनिको पानी निकाल्दै जाने हो भने जमिन भासिएर कुनै पनि बेला डरलाग्दो जोखिम हुन सक्छ ।,

वैकल्पिक स्रोतको पहिचान र तिनको व्यवस्थापन तथा ढलको मापदण्ड निर्धारण गर्नुपर्दछ ता कि प्रयोग गरेको ८० प्रतिशत पानी ढलको संरचनाभित्र पठाउनु पर्दछ भने त्यसलाई पुनः प्रशोधन गरेर नदीमा पठाउनु पर्दछ ।

आजसम्म राज्यले खानेपानीको विषयलाई समस्याको रुपमा लिएन । पानीमाथि पटक पटक फोहरी राजनीति भयो । नागरिक पनि शिक्षित त भयौँ तर चेतनशील भने भएनौ कि ?

काठमाडौँसहितका सहरहरुमा पूर्वाधारको बारेमा योजना नै बनेन। जहाँसुकै पनि मानवबस्ती नदी सभ्यतासँग जोडिएको हुन्छ । सहरको जनधनत्व कति छ र त्यसका लागि आवश्यक पर्ने पानी कति भन्ने कुरा न तथ्यांक छ न त अध्ययन नै भएको छ ।

नागरिकको घरमा खानेपानी छैन । निर्वाचनका बेला सडक पखाल्ने योजना सुनाउँछन् । खानेपानी, ढल र फोहरमैला व्यवस्थापनप्रति राज्य संवेदनशील हुनैपर्छ । राज्य उत्तरदायी नहुँदाको परिणाम आमनागरिकले भोग्नु परेको छ ।

दिनानुदिन जनधनत्व बढ्दै गएको छ । यसका लागि आवश्यक पर्ने पानीका स्रोतका व्यवस्थापन कहाँ कहाँबाट कसरी हुन्छ र प्रयोग गरिएको पानीलाई कहाँ कहाँ प्रशोधन गरेर नदीमा पठाउने भन्ने कुरा बुझ्नु जरुरी छ ।

वातावरणविद् डा. रुपक अर्यालसँग गरिएको कुराकानीमा आधारित । वातावरणविद् अर्यालसँग करिब २० वर्षदेखि वातावरण विज्ञानको शोधकार्यमा विभिन्‍न देशमा (नेपाल, जापान, दक्षिण कोरिया र हाल अस्ट्रेलिया) काम गरेको अनुभव छ । हाल अस्ट्रेलियाको टेक्नोलोजी अफ सिड्नी विश्‍वविद्यालयमा अध्यापन र अनुसन्धानमा संलग्‍न अर्यालका सयभन्दा बढी अन्तर्राष्ट्रिय वैज्ञानिक शोध कृति र पुस्तक प्रकाशित छन् ।