• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभामा आज तीन वटा मन्त्रालयको बजेटमाथि छलफल हुने ★   राष्ट्रपति पौडेल जर्मनीमा ★   ओली र लामिछानेले किन दाहाललाई तर्साउन थाले ? ★   हारेको खेलबाट नेपालले जितेको प्रशंसा, देश भित्रको अवस्था भने दयालाग्दो ★   पेट्रोल, डिजल र मट्टीतेलको भाउ घट्यो ★   बागमती प्रदेशः ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार बजेट विनियोजन ★   सुदूरपश्चिम प्रदेशः रु ३१ अर्ब ६२ करोड बजेट पेस ★   एमाले संसदीय दल बैठक–कानून निर्माणमा चनाखो भएर भुमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन ★   कोशी प्रदेशः ३५ अर्ब २७ करोडको बजेट सार्वजनिक ★   गण्डकी प्रदेशः आगामी आवका लागि रु ३२ अर्ब ९७ करोड बजेट

बाराही हाइड्रोपावरको आइपिओ बाँडफाँड



काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन९आइपीओ०को बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यालयमा आज शेयरको बाँडफाँड गरिएको हो ।

कम्पनीले प्रति शेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । बिक्री प्रबन्धककाअनुसार साधारण शेयरमा कूल १२ लाख ५८ हजार चार सय २१ आवेदकले एक करोड ४३ लाख ५१ हजार आठ सय ३० कित्ता शेयरका लागि आवेदन दिएका थिए । कम्पनीले योग्य ११ लाख ९१ हजार दुई सय ८४ मध्ये ५१ हजार पाँच सय २२ आवेदकलाई १० कित्ताका दरले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ ।

निष्कासित शेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोषलाई र ११ हजार ८० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको छ । लगानीकर्ताले गत मङ्सिर २१ गतेदेखि २६ गतेसम्म शेयर खरिदका लागि आवेदन दिएका थिए ।

बाँडफाँडको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेवसाइट९मेरो शेयर०मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।