• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   नेकपा एसको महाधिवेशन एकतावद्ध भएर सम्पन्न गर्ने संकल्प लिएका छौंः माधवकुमार नेपाल ★   नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ ★   लालीगुराँस सहकारीका प्रमुख सञ्चालक सुरेन्द्र भण्डारी पक्राउ ★   देशलाई धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छः प्रधानमन्त्री ★   गुल्मी पहिरो अपडेटः एकै घरका पाँच जनाको मृत्यु ★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता

अर्जेन्टिनाको जितको कामना गर्दै मेस्सीको नाममा ग्रह शान्ति



हेटौँडा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा अर्जेन्टिनाको जितको कामना गर्दै एक युवकले लिओनल मेस्सीको नाममा ग्रह शान्ति पूजा गरेका छन् ।

शनिवार मकवानपुरको हेटौँडा-११ का सागर घिमिरेले अर्जेन्टिनाको जितको लागि आफ्नै घरमा ग्रह शान्ति गरेका हुन् ।

घिमिरेले समय चक्रमा ग्रहहरूका कारण मेस्सीलाई विश्वकप जित्न वाधा–अड्चन नहोस भन्ने उद्देश्यले ग्रह पूजा गरेको बताए । उनले अर्जेन्टिनाको जर्सि लगाएर पूजा गरेका हुन् ।

आज आइतबार राति ८ः४५ बजेबाट कतार विश्वकप उपाधिको लागि अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । दुबै टिम आफ्नो तेस्रो उपाधि जित्नका लागि आतुर छन् ।

समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा नेदरल्याण्ड्सलाई पेनाल्टीमा ४–३ गोलले हराएको अर्जेन्टिना सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यता, समूह ‘डी’बाट विजेता रही नकआउट चरणमा प्रवेश गरेको साविक विजेता फ्रान्सले अन्तिम १६ मा पोल्याण्डलाई ३–१ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनायो । यस्तै, क्वाटरफाइनलमा इंग्ल्याण्डलाई २–१ गोलले पाखा लगाउँदै फ्रान्सले सेमिफाइनलमा मोरक्कोविरुद्ध २–० गोलको जितसहित फाइनलको यात्रा तय गरेको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका फरवार्ड केलियन एम्बाप्पेले जारी विश्वकपमा समान ५–५ गोल गर्दै गोल्डेन बुटको दौडमा रहेकाले यो विश्वकपको फाइनल थप रोचक बन्न पुगेको छ । ३५ वर्षीय मेसी पहिलोपटक विश्वविजेताको ट्रफि उचाल्न चाहन्छन् भने अर्कोतर्फ मात्र २३ वर्षका एम्बाप्पे दोस्रोपटक ट्रफि उचाल्ने दाउमा छन् ।