३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने काँग्रेस नेताहरुको दावी

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने काँग्रेस नेताहरुको दावी
file
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गर्नु भएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क समेत गर्नु भयो । शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गर्नु भएको सांसदहरुको भेलामा सहभागी हुनु भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गर्नु भएपनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिनु भयो ।

उहाँले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राख्नु भयो । प्रवक्ता महतले भन्नु भयो, ‘नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो । संसदमा सबै भन्दा ठूलो दलको हैसियत नेपाली काँग्रेसले प्राप्त गरेको छ । र, गठबन्धनमा पनि हाम्रो फराकिलो अन्तरले ठूलो दलको हैसियत छ । त्यसअर्थमा स्वभाविक रुपमा नेपाली काँग्रेसको प्रधानमन्त्री हुने कुरालाई देशले, जनताले सबैले स्वभाविक रुपमा लिन्छन भन्ने हाम्रो दृष्टिकोण छ । यद्यपि यस विषयमा औंपचारिक रुपमा कसरी जाने भन्ने विषयमा निर्णय भईंसकेको छैन । तर यो स्वभाविक रुपमा हामीले लिएका छौं । अव केही दिनमै संसदीय दलको दलको निर्वाचन हुन्छ । हाम्रो दलको एकल बहुमत पनि छैन ।

अरु दलको सहयोग लिएर हामीले सरकार बनाउने हो । त्यो अवस्थामा नेपाली काँग्रेस एक ढिक्का छ । र, सर्वसम्मतबाट नेतृत्व चयन भए अझ बलियो सन्देश जान्छ भन्ने हामी सबैलाई लागि राखेको छ । हाम्रो कोसिस पनि त्यही नै हुन्छ । भएन भने विधानको व्यवस्था अनुसार प्रतिस्पर्धामा सहभागी हुने छुट छँदैछ । प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इ्च्छा व्यक्त गर्नु भएको छ । त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन । प्रधानमन्त्री भईसकेको व्यक्तित्व हुनु हुन्छ उहाँ । नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ । त्यसलाई हामी सम्माननै गर्छौं तर अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व चाँही स्वभाविक ठर्हछ ।’

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क हुनुहुन्छ । उहाँले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढने बताउनु भयो । नेता निधिले भन्नु भयो, ‘नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’

सांसद दिपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमती जुट्ने बताउनु भयो । उहाँले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताउनु भयो । सांसद खड्काले भन्नु भयो, ‘ठूलो दल हुनुको नाताले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमती जुटने विश्वास छ । सांसदहरुको अंकगणितलाई हेर्ने हो भने देउवाले दावी गर्दा त्यही नै भारी हुने देखिन्छ ।’

काँग्रेस नेताहरुले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवानै निर्वाचित हुने दावी समेत गर्नु भएको थियो । नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रष्टयाउनु भयो ।