• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता बढ्दो : पूर्वराष्ट्रपति भण्डारी ★   सहकारी ठगीमा संसदीय समितिको क्षेत्राधिकार टुंग्याउन आज कार्यदल बैठक बस्दै ★   लिभरकुसेनलाई हराउँदै एटलान्टाले जित्यो युरोपा लिगको उपाधि, लुकम्यानको ह्याट्रिक ★   बुद्ध धर्मको भ्रातृत्वको भावनालाई आत्मसात् गर्दै एकजुट हुन आवश्यक : उपराष्ट्रपति ★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति ★   भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व ★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो…

प्रधानमन्त्री देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने काँग्रेस नेताहरुको दावी



file

काठमाडौँ । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार बन्ने दावी गर्नु भएको छ ।

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेता विमलेन्द्र निधिलगायतका प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा काँग्रेसकै नेतृत्वमा नयाँ सरकार बन्नु स्वभाविक हुने तर्क समेत गर्नु भयो । शनिबार पार्टी सभापति एवम् प्रधानमन्त्री देउवाले आयोजना गर्नु भएको सांसदहरुको भेलामा सहभागी हुनु भएका काँग्रेस प्रवक्ता महतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि प्रधानमन्त्रीमा इच्छा व्यक्त गर्नु भएपनि सरकारको नेतृत्व काँग्रेसले नै गर्नु स्वभाविक हुने प्रतिक्रिया दिनु भयो ।

उहाँले सञ्चारकर्मीमाझ आफ्नै पार्टी नेतृत्वको सरकारलाई देशले र जनताले स्वभाविक रुपमा लिने धारणा समेत राख्नु भयो । प्रवक्ता महतले भन्नु भयो, ‘नेपाली काँग्रेस सबैभन्दा ठूलो दल हो । संसदमा सबै भन्दा ठूलो दलको हैसियत नेपाली काँग्रेसले प्राप्त गरेको छ । र, गठबन्धनमा पनि हाम्रो फराकिलो अन्तरले ठूलो दलको हैसियत छ । त्यसअर्थमा स्वभाविक रुपमा नेपाली काँग्रेसको प्रधानमन्त्री हुने कुरालाई देशले, जनताले सबैले स्वभाविक रुपमा लिन्छन भन्ने हाम्रो दृष्टिकोण छ । यद्यपि यस विषयमा औंपचारिक रुपमा कसरी जाने भन्ने विषयमा निर्णय भईंसकेको छैन । तर यो स्वभाविक रुपमा हामीले लिएका छौं । अव केही दिनमै संसदीय दलको दलको निर्वाचन हुन्छ । हाम्रो दलको एकल बहुमत पनि छैन ।

अरु दलको सहयोग लिएर हामीले सरकार बनाउने हो । त्यो अवस्थामा नेपाली काँग्रेस एक ढिक्का छ । र, सर्वसम्मतबाट नेतृत्व चयन भए अझ बलियो सन्देश जान्छ भन्ने हामी सबैलाई लागि राखेको छ । हाम्रो कोसिस पनि त्यही नै हुन्छ । भएन भने विधानको व्यवस्था अनुसार प्रतिस्पर्धामा सहभागी हुने छुट छँदैछ । प्रचण्डजीले पनि प्रधानमन्त्रीका लागि इ्च्छा व्यक्त गर्नु भएको छ । त्यसलाई हामीले भन्न नमिल्ने भन्ने कुरा छैन । प्रधानमन्त्री भईसकेको व्यक्तित्व हुनु हुन्छ उहाँ । नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने उहाँको इच्छा छ । त्यसलाई हामी सम्माननै गर्छौं तर अहिलेको अवस्थामा नेपाली काँग्रेसको नेतृत्व चाँही स्वभाविक ठर्हछ ।’

प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्नेमा काँग्रेस नेता विमलेन्द्र निधि पनि ढुक्क हुनुहुन्छ । उहाँले काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बन्नु परिस्थितिजन्य निष्कर्ष भएको औंल्याउँदै सोही बाटोमा मुलुक अघि बढने बताउनु भयो । नेता निधिले भन्नु भयो, ‘नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धनको सरकार बन्छ । र, हाम्रो चाहना पनि हो । र, अहिलेसम्मको परिस्थितिजन्य निष्कर्ष पनि हो । प्रधानमन्त्री देउवाकै नेतृत्वमा सरकार बन्छ भन्ने हाम्रो ठम्याई हो ।’

सांसद दिपक खड्काले काँग्रेसकै नेतृत्वमा सरकार बनाउन गठबन्धन दलहरुबीचमा सहमती जुट्ने बताउनु भयो । उहाँले पार्टी संसदीय दलको नेतामा पनि देउवा भारी मतले विजयी हुने अवस्था रहेको बताउनु भयो । सांसद खड्काले भन्नु भयो, ‘ठूलो दल हुनुको नाताले नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने र त्यसको पक्षमा सहमती जुटने विश्वास छ । सांसदहरुको अंकगणितलाई हेर्ने हो भने देउवाले दावी गर्दा त्यही नै भारी हुने देखिन्छ ।’

काँग्रेस नेताहरुले पार्टी संसदीय दलको नेता चयनमा सर्वसम्मतिको प्रयास हुने र त्यो सम्भव नभए पनि देउवानै निर्वाचित हुने दावी समेत गर्नु भएको थियो । नेता निधिले त आफू संसदीय दलको निर्वाचन भए देउवाको पक्षमा उभिने समेत प्रष्टयाउनु भयो ।