९ श्रावण २०८३, शनिबार
,
Latest
त्रिशूली नदीमा खस्यो भ्यान सम्यक दानको स्मरण गराउन गुरु पूर्णिमाका दिन पञ्चदान तथा दिपंकर तथागत वुद्धको शोभायात्रा हुने सिरिया बस दुर्घटना : ३५ जनाको मृत्यु, ३० व्यक्ति घाइते शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ यमन द्वन्द्वको ‘कुनै सैन्य समाधान छैन’ : इरानी विदेशमन्त्री डढेलोबाट ‘ज्यान बचाउनु’ सरकारको प्राथमिकताः प्रधानमन्त्री सान्चेज आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलुखुम्बुमा किरातीको स्मृतिमा ब्याडमिन्टन प्रतियोगिता



अ+ अ-

सोलुखुम्बु । सोलुखुम्बुमा प्रथम डिबी किराती स्मृति खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । डिबी किराँती स्मृति प्रतिष्ठान र सोलुखुम्बु जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा आजदेखि प्रतियोगिता आरम्भ भएको हो ।

सदरमुकाम सल्लेरीस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसको कभर्डहलमा सुरु भएको सो प्रतियोगिताको सोलु दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले उद्घाटन गरे । खेलकुद क्षेत्रको विकासका लागि सरकारको भर मात्र पर्न नहुने भन्दै उनले यसका लागि सबैको हातेमालो आवस्यक रहेको बताए ।

प्रतियोगितामा १५ वर्षमुनीको एकल पुरुषतर्फ १४, खुला महिलातर्फ आठ, खुला पुरुषतर्फ १७ तथा ३५ वर्षमाथीको उमेर समूह डबल्स पुरुषतर्फ १२ टोली सहभागी रहेको प्रतियोगिता संयोजक अर्जुन श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको सबै विधामा प्रथम र द्वितिय हुनेलाई क्रमशः रु १५ हजार र रु सात हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै तृतिय हुनेलाई रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगिता यही पुस ४ गतेसम्म जारी रहने छ । प्रतियोगितामा सोलुखुम्बुसहित ओखलढुङ्गा, खोटाङ, सिन्धुली, काठमाडौँलगायत जिल्लाका खेलाडीले सहभागिता जनाएका छन् । साहित्यकार, कृषि विज्ञ, चित्रकार तथा राजनितिज्ञ किरातीको ६५ वर्षको उमेरमा २०७८ पुस ४ गते निधन भएको थियो ।