१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुम्बिनीमा दुई महिनामा रु ६१ लाख दान सङ्कलन



अ+ अ-

बेलहिया । गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा दानबापत दुई महिनामा रु ६१ लाख २० हजार आठ सय ६ सङ्कलन भएको छ । लुम्बिनी विकास कोषले पाँच दिन लगाएर शुक्रबार दानपेटिकाको भेटी गणना सकाएको हो ।

आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटिका रकम सङ्कलन बढ्दै गएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले जानकारी दिए ।

अघिल्लोपटक तीन महिनामा एक पटक गणना गरिएकामा यस पटक दान पात्र छिट्टै भरिएकाले दुई महिना नपुग्दै गणना गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा रु २७ लाख १८ हजार दानबापत रकम सङ्कलन भएको थियो ।

कोरोना महामारीपछि थालिएको पर्यटन क्षेत्र बिस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुन थालेको छ । अहिले लुम्बिनी भ्रमणको मौषम समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्यान्ड, म्यान्मा, भियतनाम र युरोपबाट समेत पर्यटक आउनेक्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए ।

लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै ८२ हजार दुई सय पाँच आन्तरिक पर्यटकले भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट ३८ हजार ६ सय ८९, तेस्रो मुलुकबाट सात हजार चार सय ७३ जनाले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।

सन् २०२२ को नोभेम्बर महिनासम्म पाँच लाख ४५ हजार आन्तरिक पर्यटकले लुम्बिनी भ्रमण गरेका छन् । यस्तै यस अवधिमा भारतबाट एक लाख ८८ हजार र भियतनाम, म्यान्मा, थाइल्यान्ड, श्रीलङ्कालगायत ८४ मुलुकबाट एक लाख ८१ हजार पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाको तथ्याङ्कमा उल्लेख छ ।