१६ फाल्गुन २०८१, शुक्रबार
February 28, 2025 Friday
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई सनाखत गर्न निर्वाचन आयोगका पदाधिकारी कारागार जाँदै, कता लाग्लान् ?



file photo
अ+ अ-

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारी जसपाका निलम्बित सांसद रेशम चौधरीको सनाखतका लागि डिल्लीबजार कारागारमा नै पुग्ने भएका छन् ।  पूर्व राजपाबाट निर्वाचित भएका निलम्बित सांसद चौधरीको सनाखतका लागि आयोगका पदाधिकारी सोमवार कारागार जान लागेका हुन् । 

चौधरीले जसपाका महन्थ ठाकुर, उपेन्द्र पक्षमा वा तटस्थ बस्न सक्नेमध्ये कुनै एक विकल्प जेलभित्रैबाट लिन सक्ने बताइएको  छ ।

यसअघि चौधरी ठाकुर नेतृत्वको राजपामा कार्यकारिणी सदस्य रहेका थिए । उनी कता लाग्छन् भन्ने टुंगो लागेको भने छैन  ।