२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

शाहरुख स्टारर ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग



अ+ अ-

एजेन्सी । शाहरुख खान स्टारर फिल्म ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ ।

विश्व हिन्दू परिषद र बजरंग दलले चेतावनी दिँदै फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना घट्ने र थिएटर मालिक जिम्मेवार हुने बताएका हुन् ।

उनीहरु भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलतासँग जोडेर ‘बेशरम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाएको छ । हामी यी दृश्यहरू सहितको फिल्म गुजरातमा रिलिज हुन दिँदैनौं ।’

पठानको गीत ‘बेशरम रंग’मा दीपिका पादुकोणले पहेँलो रंगको बिकिनी लगाएकी छिन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पहेँलो रङ हिन्दू धर्मको प्रतीक भएको भन्दै दीपिकाले यही रङ लगाएर ‘बेशरम रंग’को गीतमा नाच्दै गरेको निकै आपत्तिजनक रहेको बताएका छन् । बिकिनीमा पवित्र रङ प्रयोग गर्नु मान्य नहुने बाइकट गर्नेहरुको भनाई छ ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् । फिल्म आउँदो वर्ष २५ जनवरीमा रिलिज हुनेछ ।




भर्खरै