• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन ★   अनि भ्रष्टाचारी ठहर भएका सांसदले संसदभित्रै सुशासनको नारा लगाउन थाले… ★   आयरल्याण्डले पाकिस्तानलाई पाँच विकेटले हरायो

शाहरुख स्टारर ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग



एजेन्सी । शाहरुख खान स्टारर फिल्म ‘पठान’लाई गुजरातमा प्रतिबन्ध लगाउन माग गरिएको छ ।

विश्व हिन्दू परिषद र बजरंग दलले चेतावनी दिँदै फिल्म गुजरातमा रिलिज भएमा कुनै अप्रिय घटना घट्ने र थिएटर मालिक जिम्मेवार हुने बताएका हुन् ।

उनीहरु भन्छन्, ‘फिल्मको गीतलाई अश्लीलतासँग जोडेर ‘बेशरम रंग’ नाम दिइएको छ । यो गीतले बलिउडको विकृत हिन्दू विरोधी मानसिकता देखाएको छ । हामी यी दृश्यहरू सहितको फिल्म गुजरातमा रिलिज हुन दिँदैनौं ।’

पठानको गीत ‘बेशरम रंग’मा दीपिका पादुकोणले पहेँलो रंगको बिकिनी लगाएकी छिन् । केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पहेँलो रङ हिन्दू धर्मको प्रतीक भएको भन्दै दीपिकाले यही रङ लगाएर ‘बेशरम रंग’को गीतमा नाच्दै गरेको निकै आपत्तिजनक रहेको बताएका छन् । बिकिनीमा पवित्र रङ प्रयोग गर्नु मान्य नहुने बाइकट गर्नेहरुको भनाई छ ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको यस फिल्ममा शाहरुख र दीपिकासँगै जोन अब्राहम पनि प्रमुख भूमिकामा छन् । फिल्म आउँदो वर्ष २५ जनवरीमा रिलिज हुनेछ ।