१ असार २०८३, सोमबार
,
Latest
जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र कोशी प्रदेशको बजेटमा महिला, बालबालिका र अपाङ्गता भएकाहरू प्राथमिकतामा गण्डकीको बजेटमा सडक, पर्यटन र कृषि प्राथमिकतामा रोबोट ‘अत्याचारको लाइसेन्स’ बन्नु हुँदैन : राष्ट्रसङ्घ अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली स्वयम्भूमा फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत नेपाल–भारत सीमा समन्वय बैठक सम्पन्न राप्रपाकी प्रमुख सचेतक खुश्वु ओलीलाई धम्की दिने एक व्यक्ति पक्राउ हर्मुज क्षेत्रमा कर नउठाउन इरानलाई राष्ट्रपति म्याक्रोँको सुझाब
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपामा आधिकारिकताको खोजीः निर्वाचन आयोगमा हेड काउन्ट हुँदै



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टि (जसपा) का नेता कार्यकर्ता आधिकारिकता विवाद निरुपणका लागि निर्वाचन आयोग पुगेका छन् । निर्वाचन आयोगले कार्यकारिणी समितिमा रहेका ५१ जनालाई ‘हेड काउन्ट’ मा बोलाएपछि उनीहरू सनाखतका लागि आयोग पुगेका छन् । आयोगले कार्यकारिणी समितिमा रहेका ५१ जना सबैलाई आज ११ बजे सक्कली नागरिकतासहित बोलाएको थियो ।

दावीकर्ता उपेन्द्र यादव पक्ष र जवाफकर्ता महन्थ ठाकुर पक्षलाई अलग(अलग स्थान तोकिएको छ ।

निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’ रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा हिजो सुनुवाइको क्रममा सर्वोच्चले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।