३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवराज सफलले दिए प्रधानमन्त्रीसमक्ष निवेदन, उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनको माग



अ+ अ-

काठमाडौँ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज सफलले प्रधानमन्त्री शेर बहादुर देउवासमक्ष मुलुकी अपराध संहिताको संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनको मागसहित निवेदन दिएका छन् ।

नेता सफलले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद –१८ करणी सम्बन्धी कसुरको दफा २१९ को उपदफा (२)संशोधन र उच्चस्तरीय नागरिकता छानबिन आयोग गठनका लागि शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारलाई निवेदन लेखेका हुन् ।

‘संवैधानिक व्यवस्थाले नै १६ बर्ष उमेर पुगेका पुरुष र महिलालाई समान रुपमा नागरिक मानेको र उनीहरुलाई समान रुपमा नै नागरिकता लिने दिने व्यवस्था गरेको भएतापनि मलुकी अपराध संहिता २०७४ को परिच्छेद–१८ को करणी सम्बन्धी कसुरको दफा २१९ को उप दफा (२)मा कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती बलात्कार गरेको मानिनेछ भनेर उल्लेख भएको छ ।’ उनले निवेदनमा भनेका छन् – ‘माथि उल्लेखित प्रावधान हेर्दा सो प्रावधान संविधानको मर्म ,भावना र व्यवस्थाको विरुद्धमा भएको र त्यस्ले भ्रम सिर्जना गरेको प्रष्ट देखिन्छ । तसर्थ त्यसलाई निम्नानुसार संशोधन गर्न आवश्यक देखिएकोले सोही बमोजिम सरकारबाट अध्यादेश ल्याई संशोधन गर्नुहुन समाजवादी केन्द्र नेपालको सर्वोच्च नेताको हैसियतमा आग्रह गर्न चाहन्छु ।’

यस्तै, कसैले कुनै महिलालाई निजको मन्जुरी नलिई करणी गरेमा वा मन्जुरी लिएर भएपनि १६ बर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती बलात्कार गरेको मानिनेछ भन्ने व्यवस्था राख्नुपर्ने पनि उनले उल्लेख गरेका छन् ।

उनले अध्यादेशको आधारमा तत्काल नायक पल शाह र क्रिकेटर सन्दिप लामिछानेलाई तत्काल जेलमुक्त गरी क्रमश नेपाली सिने क्षेत्र र नेपाली क्रिकेट क्षेत्रको विकास गरी अन्तर्राष्ट्रिय रुपमा नेपाल र नेपालीलाई चिनाउने कार्यमा सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

‘नेपालका उच्च पदस्थ व्यक्तिहरुले कानुन विपरित दोहोरो नागरिकता ,पिआर ,ग्रिनकार्ड लिएको आशंका बेलाबखत गरिन थालेकोले अमेरिका ,बेलायत लगायत देशमा सम्पर्क गरी त्यस्तो सुविधा लिने नागरिकको विवरण तत्काल झिकाई त्यस्तो गतिविधिमा संलग्नहरुलाई कारबाही गरी कानुनी दायरामा ल्याउन समेत माग गर्दछु ।’ उनले निवेदनमा भनेका छन् ।