• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा ★   भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास ★   क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन ★   आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा ★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

सञ्‍चारमाध्यमले सरकारको स्तुतिगान मात्रै गाउनु हुँदैनः मन्त्री कार्की (भिडियोसहित)



काठमाडौँ । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारी सञ्चार माध्यमहरुलाई सरकारको स्तुतिगान गाउन मात्रै नलाग्न आग्रह गर्नुभएको छ ।

शुक्रवार द राइजिङ नेपालको ५७ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सञ्चारमन्त्री कार्कीले सरकारी सञ्चारमाध्यमहरुले सरकारको स्तुतिगान मात्रै गाउनु नहुने बताउनुभएको हो । उहाँले समाजले विश्वसनीय समाचार खोजिरहेको भन्दै सरकारको स्तुतिगान गाउने माध्यमको रुपमा नलाग्न आग्रह गर्नुभयो । सरकारी सञ्चार माध्यमहरुलाई सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न उहाँको आग्रह छ ।

उहाँले पत्रपत्रिकालाई ठेक्कापट्टाको विज्ञापनका लागि मात्रै नभई समाचारको विश्वसनीय पत्रिकाको रुपमा स्थापित गराउन अनुरोध गर्नुभयो । मन्त्री कार्कीले सरकारले प्रेस स्वतन्त्रतालाई ध्यान दिएको बताउनु भयो । प्रेस स्वतन्त्रताको नाममा विसंगतिहरु देखिएको भन्दै उहाँले त्यसतर्फ सचेत हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘हामी प्रेस स्वतन्त्रतालाई केन्द्रमा राख्छौँ तर प्रेस स्वतन्त्रताका नाममा जुन किसिमका विसंगतिहरु देखा परिराखेका छन् त्यसलाई पनि हामीले मध्यनजर गरेर अगाडी बढ्न सकेनौँ भनेदेखि त्यसले समाजमा पारेको प्रभावको बारेमा पनि हामी सचेत हुन जरुरी छ । मैले सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हालिसकेपछि गोरखापत्र र राइजिङ नेपाल जो सरकारी मुखपत्रको रुपमा पनि यसलाई लिइन्छ र कुनै न कुनै रुपमा त्यो बास्तविकता पनि हो ।

किनभने विश्वसनीय समाचार समाज र नागरिकले खोजेको छ । तर यसलाई सरकारको स्तुतिगान गर्ने पत्रिकाको रुपमा नलानुस् । जे सत्य, तथ्य छ जे निष्पक्ष छ त्यतातर्फ ध्यान दिनुस् भनेर मैले सबै यहाँको नेतृत्व वर्गलाई आग्रह गर्दै आएको छु र आगामी दिनमा पनि यि प्रकाशनहरुले नेपाली आवाजलाई प्रतिनिधित्व गर्ने र पत्रपत्रिका खोज्दाखेरी केवल ठेक्काका विज्ञापनका निम्ति मात्रै होइन समाचारको निमित्त पनि विश्वसनीय पत्रिकाका रुपमा गोरखापत्र र राइजिङ नेपाललाई जनताले त्यो दृष्टिले हेर्ने पत्रिकाका रुपमा यसलाई विकसित गर्न तपाईहरु सबैको ध्यान पुगोस् ।’

मन्त्री कार्कीले स्वतन्त्र पत्रकारिताको निम्ति नेपाललाई दक्षिण एशियामा नै चिनाउनुपर्ने बताउनु भयो । संविधानले दिएको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण रुपमा उपयोग गर्ने मुलुकको रुपमा नेपाललाई दक्षिण एसियामा नै चिनाउनेगरी काम गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो – ‘यहाँको समाज स्वतन्त्रताबाट सुसज्जित भएर दक्षिण एशियामा नै स्वतन्त्र पत्रकारिताका निमित्त, अभिव्यक्ति स्वतन्त्रताका निमित्त हामीले संविधानमा जुन नागरिकका हक स्वतन्त्रताका बारेमा जुन व्यवस्था गरेका छौँ त्यसको पूर्ण रुपले उपयोग गर्ने मुलुकको रुपमा दक्षिण एशियामा नेपाल चिनिन सकोस् र दक्षिण एशियामा नेपाललाई त्यस दिशामा अग्रसर गराउन हामी सकुँ । त्यस दिशामा पत्रकार मित्रहरुको ध्यान पुगोस् भन्ने म यहाँहरुलाई आग्रह गर्न चाहन्छु ।’

उहाँले जनताले मुलुकको विकास र समृद्धि चाहेको उल्लेख गर्दै जनचाहना पूरा गर्ने प्रतिवद्धताका साथ अगाडी बढ्नु आवश्यक रहेको बताउनु भयो ।