७ श्रावण २०८३, बिहीबार
,
Latest
एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबीच छलफल पूर्वाधार न्यायाधिकरण सम्बन्धी विधेयकलाई अन्तिम रूप दिन छलफल दक्षिणी थाइल्यान्डमा आक्रमण, पाँच सैनिकको मृत्यु सिरहामा प्रहरीको गोली प्रहार, २२५ ग्राम खैरो हेरोइनसहित ६ जना पक्राउ सरकार तमासा देखाउन छोडेर जनसरोकारका विषयमा संवेदनशील बनोस्ः पूर्वप्रधानमन्त्री नेपाल सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र खतरामा परेको नारायणकाजीको आरोप काँग्रेसलाई सबैभन्दा लोकप्रिय र सुदृढ पार्टी बनाउँछौँः महामन्त्री घिमिरे भुइँ मान्छेका मुद्दा समेटेर काँग्रेसलाई नयाँ शिराबाट अगाडि बढाउनुपर्छः महामन्त्री पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइयो



अ+ अ-

काठमाडौँ । मुस्लिम र थारुलाई मधेशीको सूचीबाट हटाइएको छ । सरोकारवालाहरुले नै आफूलाई मधेशी होइनौँ भनेपछि सूचीबाट हटाइएको मधेशी आयोगले जनाएको छ । यसअघि ‘नेपालमा मधेशी समुदायको थर सूचीकरण–२०७८’ मा मेधशी आयोगले उपसमूह–१ मा थारु र २ मा मुस्लिमलाई राखेको थियो ।

मधेशी आयोगले सोही आधारमा मुस्लिम र थारु समुदायलाई पनि मधेशीका रुपमा परिभाषित गर्न सरकारसँग आग्रह गरेको थियो । गत असोज ३१ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको चौथो वार्षिक प्रतिवेदनमा आयोगले थारु र मुस्लिमसहित १४९ जातिलाई मधेशीमा परिभाषित गर्न सिफारिस गरेको सार्वजनिक भएसँगै मुस्लिम र थारु समुदायबाट विरोध भएको थियो ।

उनीहरुको आयोगले नै मधेशीको सूचीबाट हटाउन मधेशी आयोगमा निवेदन दिएका थिए । मधेशी आयोगका उपसचिव सविता डंगोलले विरोधपछि मधेशी आयोगले थारु र मुस्लिमलाई मधेशीको सूचीबाट हटाएको जानकारी दिनुभएको छ । सूचीबाट हटाएको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाइएको उहाँले जानकारी दिनुभयो ।

थारु र मुस्लिम आयोगका अध्यक्षसहितका पदाधिकारीहरुले थारु र मुस्लिम समुदायको अलग्गै पहिचान र सभ्यता रहेको र मधेशी समुदायसँग मेल नखाने भएकाले मधेशीको सूचीमा राख्नु गलत भएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।