६ श्रावण २०८३, बुधबार
,
Latest
एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोविता गौतमले बुझाइन् चुनावी खर्च विवरण, ३ लाख ७१ हजार खर्च



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेकी छन् । निर्वाचनमा उनले ३ लाख ७१ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा बुझाएको विवरणमा उनले गोष्ठी, कार्यकर्ता परिचालन, गाडी रिजर्व, पेट्रोल÷डिजेल खरिद, घोषणापत्र र नमूना मतपत्र छपाई, मतदाता नामावली खरिद, कार्यालय स्थापना, कार्यालयको भाडा, कर्मचारी, स्टेसनरी, पानी र बत्तीको खर्चलगायत शीर्षकमा खर्च भएको जानकारी दिएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गौतम नेकपा ९एमाले० का मणिराम फुँयाल र नेकपा (माओवादी केन्द्र) की ओनसरी घर्तीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

यस्तो छ उनले निर्वाचन कार्यालयमा बुझाएको चुनावी खर्च विवरण