२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोविता गौतमले बुझाइन् चुनावी खर्च विवरण, ३ लाख ७१ हजार खर्च



अ+ अ-

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेकी छन् । निर्वाचनमा उनले ३ लाख ७१ हजार रुपैयाँ खर्च भएको उल्लेख गरेकी छन् ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौँमा बुझाएको विवरणमा उनले गोष्ठी, कार्यकर्ता परिचालन, गाडी रिजर्व, पेट्रोल÷डिजेल खरिद, घोषणापत्र र नमूना मतपत्र छपाई, मतदाता नामावली खरिद, कार्यालय स्थापना, कार्यालयको भाडा, कर्मचारी, स्टेसनरी, पानी र बत्तीको खर्चलगायत शीर्षकमा खर्च भएको जानकारी दिएकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी गौतम नेकपा ९एमाले० का मणिराम फुँयाल र नेकपा (माओवादी केन्द्र) की ओनसरी घर्तीलाई पराजित गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।

यस्तो छ उनले निर्वाचन कार्यालयमा बुझाएको चुनावी खर्च विवरण