२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले सार्वभौम संसदको अपमान गर्यो



अ+ अ-

चालु आर्थिकवर्षको वजेट वक्तव्यमा उल्लेखित खानेपानी, पर्यटन र शहरी विकास तर्फका रु १ करोड, सिचाई र नदी नियन्त्रणका रु २ करोड र सडकका रु ५ करोड सम्मका आयोजनाहरु प्रदेशमा र रु ५० लाख सम्मका खानेपानी, पर्यटन र शहरी विकासका आयोजनाहरु स्थानीय तहमा हस्तान्तरण गर्ने व्यवस्थालाई सार्वभौम संसदले अनुमोदन गरको हो ।

प्रदेश र स्थानीय तहमा हस्तान्तरित यी आयोजनालाई प्रदेश र स्थानीय तहले आफनो वजेटमा समावेश गरी कार्यान्वयन तहमा लगेको अवस्था समेत छ । ठेक्का प्रक्रिया अगाडि वढेको छ । वजेट वक्तव्यमा उल्लेखित सार्वभौम संसदले अनुमोदन गरेर प्रदेश र स्थानीय तहमा हस्तान्तरित यी आयोजनाहरुलाई नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरेर पुन केन्द्रमा नै फिर्ता ग-यो भन्ने जुन समचारहरु आएको छ ।

संसदको निर्णयलाई क्याविनेटले उल्ट्याउनु विल्कुल गैरसंवैधानिक निर्णय त हुदै हो । सार्वभौमसंसदको समेत अपमान हो । संविधान र संघीयता विरोधीे निर्णय सच्चाउनका लागि म सरकार समक्ष अनुरोध गर्छु ।

संघीय सरकारले अन्तर प्रादेशिक र रणनीति महत्वका ठूला-ठूला , प्रदेशले अन्तरपालिका स्तरीय र स्थानीय तहले स(साना कार्यक्रम तथा आयोजनाहरु कार्यान्वयन गर्ने संविधानको भावना र आशय हो । संविधानको भावना र आशयको पूर्ण पालना गरौ । संविधानप्रदत, अधिकार क्षेत्रलाई मिच्ने काम पनि नगरौ ।

राष्ट्रिय सभा सदस्य डा.खिमलाल देवकोटाकाे  फेसवुकबाट