१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी टेबल गरिनु आपत्तिजनकः भीम रावल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसद भीम रावलले एमसीसी टेबल गरिनु आपत्तिजनक रहेको बताउनुभएको छ। 

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले भन्नुभयो, ‘एमसीसीजस्तो गम्भीर विषयमा प्रमुख विपक्षी एमालेले संसद अवरोध गरिरहेको अवस्थामा सरकारमा रहेका दलहरुबीचमा पनि सहमति नभएको अवस्थामा यसरी नेपाली जनताको भावना विपरित, नेपालको स्वाधिनता विपरित, जनता सडकमा रहेको अवस्थामा एमसीसी टेबल गरिने कुरा अत्यन्त आपत्तिजनक छ।’ 

यस्तै, सरकारले संघिय कानुन कार्यान्वयनमा किन नल्याएको भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘अहिले सभामुखले कार्यसुचीमा जुन विषय राख्नुभएको छ, यो कुन कानुनअन्तर्गत राख्नुभएको छ ? यसको लागि संघिय कानुन खोइ ? यो देश कानुनबाट चल्छ कि विदेशीको धाक धम्कीबाट चल्छ ?’ रावलले प्रश्न गर्नुभयो ।