३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब मनसायबाट सिफारिश भएको अध्यादेश फिर्ता लिन टीआई नेपालको माग



अ+ अ-

काठमाडौँ । ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले आफू अनुकूल सरकार गठन गर्ने निहित स्वार्थ पूरा गर्न फौजदारी अभियोग लागेका राजनीतिक व्यक्तिहरुको मुद्दा फिर्ता लिन अध्यादेशमार्फत फौजदारी कार्यविधि ऐन संशोधन गर्ने प्रयास गर्नु लोकतन्त्र र संविधान विपरीतको कर्म भएको बताएको छ।

टीआई नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै संविधानको भावना प्रतिकूलमा रहेर उक्त अध्यादेश जारी गरिनु सर्वथा अनुचित र असंवैधानिक हुने उल्लेख गरेको छ ।

“यस्तो असंवैधानिक कदमबाट मतदाताको भावनाको अपहेलना हुने, दण्डहिनता बढ्ने, राजनीतिक अस्थिरतालाई मलजल मिल्ने मात्र नभई अततः संसदीय शासन व्यवस्थाप्रति वितृष्णा बढ्ने छ”, विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सरकार गठन निम्ति औपचारिक प्रक्रिया प्रारम्भ नहुँदै कामचलाऊ सरकारले दण्डहिनता प्रश्रय दिने अध्यादेश जारीका निम्ति राष्ट्रपति कहाँ सिफारिश विषयमा टीआई नेपालको ध्यानाकर्षण भएको छ भन्दै संविधानको भावना, आफूले पाएको कार्यदेश र सर्वोच्च अदालतको नजिर विपरित खराब मनसायबाट सिफारिश भएको हुँदा तत्काल उक्त अध्यादेश फिर्ता लिन सरकारसमक्ष माग गरेको छ ।