१२ श्रावण २०८३, मंगलवार
,
Latest
सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह नेपाल सरकार र जापान सरकारबिच अनुदान सम्झौता सम्पन्न भारत सरकारको सहयोगमा पुनर्निर्मित गुस्तल र प्रथमश्री महाविहारको आगम उद्घाटन लगानीमैत्री वातावरण निर्माणका लागि ४२ वटा कानुन खारेज र संशोधन हुँदैछन् : अर्थमन्त्री डा वाग्ले देवानगञ्ज घटनापछि सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सरकारको अपिल इथानोलसम्बन्धी पोस्टलाई लिएर भारतीय मन्त्रीद्वारा मेटासहितका कम्पनीविरुद्ध मुद्दा जापानको क्युशुमा ७.१ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी फिर्ता युवती मृत फेला, माइती पक्षद्वारा निष्पक्ष छानबिनको माग भारतले धौलीगङ्गा बाँध खोल्ने भएकाले महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह विदेशमा शाखा विस्तार गर्दै नेपाली रेष्टुरेन्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

खराब मनसायबाट सिफारिश भएको अध्यादेश फिर्ता लिन टीआई नेपालको माग



अ+ अ-

काठमाडौँ । ट्रान्सपेरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) ले आफू अनुकूल सरकार गठन गर्ने निहित स्वार्थ पूरा गर्न फौजदारी अभियोग लागेका राजनीतिक व्यक्तिहरुको मुद्दा फिर्ता लिन अध्यादेशमार्फत फौजदारी कार्यविधि ऐन संशोधन गर्ने प्रयास गर्नु लोकतन्त्र र संविधान विपरीतको कर्म भएको बताएको छ।

टीआई नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै संविधानको भावना प्रतिकूलमा रहेर उक्त अध्यादेश जारी गरिनु सर्वथा अनुचित र असंवैधानिक हुने उल्लेख गरेको छ ।

“यस्तो असंवैधानिक कदमबाट मतदाताको भावनाको अपहेलना हुने, दण्डहिनता बढ्ने, राजनीतिक अस्थिरतालाई मलजल मिल्ने मात्र नभई अततः संसदीय शासन व्यवस्थाप्रति वितृष्णा बढ्ने छ”, विज्ञप्तिमा उल्लेख छ ।

नयाँ सरकार गठन निम्ति औपचारिक प्रक्रिया प्रारम्भ नहुँदै कामचलाऊ सरकारले दण्डहिनता प्रश्रय दिने अध्यादेश जारीका निम्ति राष्ट्रपति कहाँ सिफारिश विषयमा टीआई नेपालको ध्यानाकर्षण भएको छ भन्दै संविधानको भावना, आफूले पाएको कार्यदेश र सर्वोच्च अदालतको नजिर विपरित खराब मनसायबाट सिफारिश भएको हुँदा तत्काल उक्त अध्यादेश फिर्ता लिन सरकारसमक्ष माग गरेको छ ।