१४ भाद्र २०८३, आईतवार
,
Latest
नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था छैनः थपलिया(भिडियोसहित)



file
अ+ अ-

काठमाडौँ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले एउटा दलको अध्यक्ष अर्को दलबाट सांसद बन्न नसक्ने भन्ने कानुनी व्यवस्था नरहेको बताएका छन् ।

आयोगको बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै आयुक्त थपलियाले एउटा दलको अध्यक्ष अर्को दलको समानुपातिक सांसद बन्न नसक्ने विषयमा स्पष्ट कानुनी व्यवस्था नरहेकोले यस्तो विषय सम्बन्धित व्यक्तिको नैतिकतासँग जोडिने बताए ।

आयोगले हालको चुनावमा देखिएको समस्यालाई समावेश गरेर निर्वाचन कानुन संशोधन गर्ने उनको भनाई छ । ८ वटा निर्वाचन कानुनलाई एउटै कानुन बनाउने गरी संशोधन गर्न लागेको उनले जानकारी दिए । कुन दलले चुनावमा कति खर्च गरेको छ भन्नेबारेको विवरण आयोगसँग सुरक्षित रहेको पनि उनले बताए ।

उनका अनुसार पुस ३ गते समानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने आयोगको तयारी छ ।