१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशलाई राष्ट्रपतिले रोक्नुपर्छ वा फिर्ता पठाइनुपर्छः ज्ञानेन्द्र शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही)ले सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी ल्याइएको अध्यादेशप्रति आपत्ति जनाएका छन् ।

शाहीले एक वक्तव्य जारी गर्दै प्रजातान्त्रिक मुल्य मान्यता र विधिको शासनमाथि धज्जी उडाउने काम भएको भन्दै काम चलाउ सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपतिले रोक्नुपर्ने वा अबिलम्ब फिर्ता पठाउन आग्रह गरेका हुन् ।

शाहीले मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने अवस्थामा कामचलाऊ सरकारले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उदेश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय रहेको बताउँदै स्वार्थपूर्ण र सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात भएको टीप्पणी समेत गरेका छन् ।