१४ भाद्र २०८३, आईतवार
,
Latest
नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यादेशलाई राष्ट्रपतिले रोक्नुपर्छ वा फिर्ता पठाइनुपर्छः ज्ञानेन्द्र शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवं नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही)ले सरकारले राजनीतिक मुद्दा फिर्ता लिन मिल्ने गरी ल्याइएको अध्यादेशप्रति आपत्ति जनाएका छन् ।

शाहीले एक वक्तव्य जारी गर्दै प्रजातान्त्रिक मुल्य मान्यता र विधिको शासनमाथि धज्जी उडाउने काम भएको भन्दै काम चलाउ सरकारले ल्याएको अध्यादेशलाई राष्ट्रपतिले रोक्नुपर्ने वा अबिलम्ब फिर्ता पठाउन आग्रह गरेका हुन् ।

शाहीले मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट जनताबाट ताजा जनादेश आइसकेको र केही दिनभित्र संसद बैठक सुरु हुने अवस्थामा कामचलाऊ सरकारले गलत मनसायका साथ राजनीतिक आवरणमा जघन्य अपराधमा संलग्नहरुलाई उन्मुक्ति दिने उदेश्यले अध्यादेश ल्याउनु अनैतिक र आपत्तिजनक विषय रहेको बताउँदै स्वार्थपूर्ण र सत्ता केन्द्रीत राजनीतिको फोहोरी खेलको सुरुवात भएको टीप्पणी समेत गरेका छन् ।