२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न पौडेलको देउवालाई आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बुधबार नेता पौडेलले पार्टी संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गर्नुभएको हो ।

पार्टी र देशकै परिस्थिति अहिले अनुकूल नभएको र पार्टी महाधिवेशनमा समेत आफूले पूर्ण साथ दिएको भन्दै पौडेलले संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गर्नुभयो ।

भेटमा उहाँले पार्टीमा पनि आफूले सभापति देउवाजत्तिकै योगदान गरेकाले पार्टी संसदीय दलको नेता भएको अवस्थामा पार्टीपङ्क्ति र सबैमा राम्रो सन्देश जाने बताउनुभएको थियो ।

सभापति देउवाले निर्वाचनको अन्तिम परिणाम आइनसकेको भन्दै संसदीय दलको नेतामा छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभएको थियो ।