२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न पौडेलको देउवालाई आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा बुधबार नेता पौडेलले पार्टी संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गरिदिन आग्रह गर्नुभएको हो ।

पार्टी र देशकै परिस्थिति अहिले अनुकूल नभएको र पार्टी महाधिवेशनमा समेत आफूले पूर्ण साथ दिएको भन्दै पौडेलले संसदीय दलको नेतामा आफ्नो नाम प्रस्ताव गर्न अनुरोध गर्नुभयो ।

भेटमा उहाँले पार्टीमा पनि आफूले सभापति देउवाजत्तिकै योगदान गरेकाले पार्टी संसदीय दलको नेता भएको अवस्थामा पार्टीपङ्क्ति र सबैमा राम्रो सन्देश जाने बताउनुभएको थियो ।

सभापति देउवाले निर्वाचनको अन्तिम परिणाम आइनसकेको भन्दै संसदीय दलको नेतामा छलफल गरेर अगाडि बढ्न सकिने बताउनुभएको थियो ।