२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘पठान’का लागि शाहरुखको पारिश्रमिक १०० करोड, जोन र दीपिकालाई कति ?



अ+ अ-

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुँदैछ ।

यसैबीच, यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर आइरहेको छ । दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारु लिएका छन् । यति मात्र होइन, शाहरुखले पठानका लागि १०० करोड भारु लिएको पनि खबर छ, जुन दुवै कलाकारको तुलनामा धेरै गुणा बढी हो ।

पठानमा सलमान खानको पनि सानो भूमिका रहेको छ, तर सलमानले फिल्ममा पारिश्रमिक लिन अस्वीकार गरेका छन् । फिल्मलाई एक्शन फिल्मका लागि चर्चित निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् । उनले ‘ब्याङ ब्याङ’ र ‘वार’ जस्ता चलचित्र निर्देशन गरेका छन् । सिद्धार्थले फिल्म निर्देशनका लागि ६ करोड पारिश्रमिक लिएका छन् ।

चलचित्रमा अभिनेत्री डिम्पल कपाडिया पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । रिपोर्टका अनुसार फिल्ममा दिग्गज अभिनेत्री रिसर्च एन्ड एनालिसिस विंग अफिसरको भूमिकामा देखिनेछिन् । तर, उनको पारिश्रमिकबारे भने केही खुलाइएको छैन । फिल्ममा आशुतोष राणा ‘र’ अफिसरको भूमिकामा देखिनेछन् ।