२ श्रावण २०८३, शनिबार
,
Latest
कञ्चनपुर जिल्ला अदालत: मुद्दा फर्छ्यौटमा सुधार चुरियामाई सुरुङको व्यवस्थापन प्रभावकारी बनाइँदै उच्च अदालत नेपालगन्ज इजलासमा दुई वर्षभन्दा पुराना सबै मुद्दा फर्छ्यौट कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन ‘लेवल’ नभएका ‘फुटवेयर’ विक्रीवितरण नगर्न विभागको आग्रह मन्त्री लम्सालद्वारा कर्णालीको सडक पूर्वाधारको अनुगमन फरार अभियुक्त १८ वर्षपछि पक्राउ आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह लोक-संस्कृतिका सारथिद्वय अधिकारी र भैरव सांस्कृतिक समितिलाई सम्मान चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

फिल्म ‘पठान’का लागि शाहरुखको पारिश्रमिक १०० करोड, जोन र दीपिकालाई कति ?



अ+ अ-

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ २५ जनवरीमा रिलिज हुँदैछ ।

यसैबीच, यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर आइरहेको छ । दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारु लिएका छन् । यति मात्र होइन, शाहरुखले पठानका लागि १०० करोड भारु लिएको पनि खबर छ, जुन दुवै कलाकारको तुलनामा धेरै गुणा बढी हो ।

पठानमा सलमान खानको पनि सानो भूमिका रहेको छ, तर सलमानले फिल्ममा पारिश्रमिक लिन अस्वीकार गरेका छन् । फिल्मलाई एक्शन फिल्मका लागि चर्चित निर्देशक सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् । उनले ‘ब्याङ ब्याङ’ र ‘वार’ जस्ता चलचित्र निर्देशन गरेका छन् । सिद्धार्थले फिल्म निर्देशनका लागि ६ करोड पारिश्रमिक लिएका छन् ।

चलचित्रमा अभिनेत्री डिम्पल कपाडिया पनि महत्वपूर्ण भूमिकामा देखिनेछिन् । रिपोर्टका अनुसार फिल्ममा दिग्गज अभिनेत्री रिसर्च एन्ड एनालिसिस विंग अफिसरको भूमिकामा देखिनेछिन् । तर, उनको पारिश्रमिकबारे भने केही खुलाइएको छैन । फिल्ममा आशुतोष राणा ‘र’ अफिसरको भूमिकामा देखिनेछन् ।