१४ भाद्र २०८३, आईतवार
,
Latest
बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनकै सरकार बन्छ: प्रचण्ड



अ+ अ-

पोखरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेकै गठबन्धनको सरकार बन्ने बताउनुभएको छ ।

बुधबार आफ्नो जन्मगाउँ कास्कीको अन्नपूर्ण गाउँपालिकाको एक विद्यालयको कार्यक्रममा आउनुभएका अध्यक्ष प्रचण्डले अहिले नै सरकार कसको नेतृत्वमा बन्ने भन्ने विषयले प्रवेश पाइनसकेको बताउनुभयो ।

आवश्यक परे माओवादीले पनि सरकारको नेतृत्व लिने अवस्था आउनसक्ने उहाँको भनाइ थियो । अहिले सरकार गठनको विषय चलिरहेको भन्दै उहाँले भन्नुभयो, “ तर नेपाली कांग्रेसको संसदीय दलको नेता को हुन्छ भन्ने विषय महत्त्वपूर्ण रहेको छ ।”

अध्यक्ष प्रचण्डका अनुसार नेपाली कांग्रेसको संसदीय दलको नेता चुनिएपछि सरकार गठनको विषयले तीव्रता पाउने र आइपरे माओवादी पनि सरकारको नेतृत्व लिन तयार हुनुपर्ने बताउनुभयो ।