५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

असोज दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउने सक्ने



अ+ अ-

काठमाडौं । सरकारले कोरोना संक्रमणदर उतार चढाव भइरहँदा दैनिक संक्रमित संख्या नघटे असोज दोस्रो सातादेखि तेस्रो लहर आउन सक्ने प्रक्षेपण गरेको छ । तेस्रो लहरको जोखिममा बालबालिका र खोप नलगाएका व्यक्ति पर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आँकलन छ ।

स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले पछिल्ला साताको स्थिर संक्रमणको आधारमा आगामी पाँच महिनामा १ लाख ९३ हजार ८ सय ५६ नयाँ संक्रमित थपिने सम्भावना रहेको जनाएका छन् । ‘सम्भावित तेस्रो लहरमा बालबालिकालगायत खोप लगाउन नपाएका व्यक्ति बढी जोखिममा पर्ने सम्भावना देखिन्छ,’ उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार कम्तीमा ६० प्रतिशत जनसंख्यालाई खोप लगाएमा कोरोना नियन्त्रण गर्न सकिनेछ । हाल झन्डै ७ प्रतिशत नागरिकले मात्रै खोप लगाएका छन् ।

संक्रमण दर बढ्दै गए ३८ हजार सात सय ७१ जना संक्रमितलाई अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने र सोमध्ये ९ हजार ७ सय ९३ जनालाई सघन उपचार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयले तयार पारेको द्रुत कार्ययोजनामा उल्लेख छ ।

कोरोना संक्रमणको तेस्रो लहरलाई मध्यनजर गर्दै स्वास्थ्य पूर्वाधार तयारी थालिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।