३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’: निर्देशक झा

‘चलचित्र होइन, प्रोजेक्ट बनिरहेका छन्’: निर्देशक झा
अ+ अ-

काठमाडौँ । ज्वलन्त सामाजिक विषयमाथि सशक्त चलचित्र तयार गर्ने निर्देशकको रुपमा भारतीय निर्देशक प्रकाश झा परिचित हुनुहुन्छ । निर्मातासँगै केही समययता अभिनेताको रुपमा समेत प्रस्तुत हुनुभएका झाले वृत्तचित्रको सन् १९७५ मा सुरुआत गर्नुभएको थियो । भारतको विहारमा हुर्किनुभएका झा भारतीय चलचित्र उद्योगमा आफ्नो प्रभाव छाड्न सफल हुनुभएको छ ।

नेपालसित सीमा जोडिएको क्षेत्रमा हुर्किनुभएका झा दोस्रो पटक नेपाल आउनुभएको हो । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तेस्रो संस्करणमा सहभागी हुन उहाँ पहिलो पटक काठमाडौँ आउनुभएको थियो भने दोस्रो पटक काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल ९किम्फ०मा सहभागी भएर केही दिनअघि भारत फर्किनुभएको छ ।

‘गङ्गाजल’, ‘राजनीति’, ‘आरक्षण’, ‘चक्रब्युह’, ‘सत्याग्रह’, ‘आरक्षण’ चलचित्र निर्देशन गरिसक्नुभएका झाले दर्शकले बुझ्ने भाषामा चलचित्र बनाउनुपर्ने बताउनुभयो । “व्यावसायिक जोखिम कम गर्दै कलात्मक चलचित्र बनाउने कोसिसु गर्नुपर्छ । चलचित्र भनेको व्यवसाय हो, त्यसैले हलसम्म आउने दर्शक तपाईको कामबाट सन्तुष्ट हुनुपर्छ । कलात्मक अभिव्यक्तिका लागि चलचित्र बनाउने गरेका छौँ भन्ने सोच छ भने त्यो भ्रम हो”, निर्देशक झाले भन्नुभयो, “मैले दर्शकका लागि गङ्गाजल र राजनीतिजस्तो चलचित्र बनाएको छु ।”

निर्देशक झा सुरुआती समयमै ‘दामुल’, ‘परिणति’, ‘मत्युदण्ड’जस्ता चलचित्रले प्रशंसा बटुल्न सफल हुनुभयो । तर अर्को काम गर्न आर्थिक लाभ दिन नसकेको उहाँसित सम्झना छ । ती चलचित्रले उहाँको कामलाई चिनाउन सके पनि आम दर्शकलाई बुझ्न गाह्रो भयो । त्यही समस्या अहिले पनि भारतीय चलचित्र उद्योगमा उहाँले देख्नुहुन्छ । कथावस्तुमा मेहनत नगरिनु यसको मुख्य कारण झा ठान्नुहुन्छ ।

“कथावस्तु छाडेर प्रोजेक्ट बनाइरहनु गल्ती हो”, उहाँले भन्नुभयो, “पहिला कर्पोरेट हाउसले लगानी गर्दा कथावस्तुसँगै कलाकारको चयन निर्देशकले गर्थे । अहिले हाउसले नै स्टारको समयअनुसार चलचित्रको योजना बनाइरहेका छन् । कथामा नभई स्टारमा लगानी भइरहेको छ । त्यसैले अहिले प्रोजेक्ट बनिरहेको छ”, निर्देशक झाले भन्नुभयो ।

‘आश्रम’ नामक वेबसिरिजमार्फत ओटिटीमा प्रवेश गर्नुभएका निर्देशक झाले चलचित्र मन्दिरकै लागि ‘धर्म क्षेत्र’ र ‘जनादेश’ चलचित्रमा काम गरिरहेको जानकारी दिनुभयो । “मेरो चलचित्रले कथा भनेका हुन् । त्यसले कुनै बहस अगाडि ल्याओस् भनेर म बनाउदिन तर आफूलाई लागेको कथा भन्छु । मेरो शैली भने फरक छ”, निर्देशक झाले भन्नुभयो, “कुनै चलचित्रमा प्रेमी र प्रेमिकाको बिछोडको कारण धनी र गरिबबीचको खाडल हुनसक्छ तर मैले त्यहाँ वैचारिक द्वन्द्व र सामाजिक सभ्यतालाई देख्छु । मैले सोच्ने र बुझ्ने कथा अन्यभन्दा फरक हुन् सक्छन् ।”

भारतको लोकसभा निर्वाचनमा समेत सहभागिता जनाइसक्नुभएका निर्देशक झाले व्यवस्थाविरुद्धको आक्रोश चलचित्रमार्फत नै ल्याएको स्वीकार्नुभयो । “मैले नेता बनेर भन्न चाहेका तथ्यलाई चलचित्रमार्फत भनेको हुन सक्छु । किनकी चलचित्रकर्मी सरकारको विपक्षीको भूमिकामा रहनुपर्छ भन्ने मेरो बुझाइ छ”, उहाँले भन्नुभयो । नेपाली चलचित्र र चलचित्रकर्र्मीसँग नजिक रहनुभएका निर्देशक झाले आफ्नो आँखाले धेरै नेपाली कथा देखिरहेको बताउनुभयो । यद्दपि, उहाँ नेपाली चलचित्र निर्देशन गर्ने कुनै योजनामा भने तत्काल हुनुहुन्न । नेपाली चलचित्र निर्देशकसँग सहकार्य गर्नसक्ने विषय भने उहाँ नकार्नु हुन्न ।

“मैले यहाँको कथा भन्न सक्दिन । किनकी मैले अहिलेसम्म आफ्नो ठाउँबाहेक अन्यन्त्रको कथा भनेको छैन तर, नेपाली चलचित्रकर्मीसँग नजिक भएर काम गर्न सक्छु । मेरो चलचित्रप्रतिको बुझाइलाई उहाँहरूले प्रयोग गर्नसक्नु हुन्छ”, निर्देशक झाले भन्नुभयो, “हाम्रैझैँ कथा र पटकथाको समस्या यहाँ पनि छ जस्तो लाग्छ । प्राविधिक झैँ कथावस्तुमा पनि मेहनत आवश्यक छ ।” उहाँको टोलीले केही नेपाली विषयवस्तुमा सहकार्य गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो ।

नेपाली चलचित्रलाई विश्वभर लैजाने सन्दर्भलाई उहाँ विषयवस्तुसित जोड्नुहुन्छ । “विश्वव्यापी विषयवस्तु नल्याउँदासम्म दर्शक पाउन सक्दैनौँ । स्टारको सट्टा विषयवस्तुमा मेहनत गर्नुस्”, निर्देशक झाले भन्नुभयो ।