९ भाद्र २०८३, मंगलवार
,
Latest
दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी सुर्तीजन्य पदार्थको लत छाड्दै सेवनकर्ता सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलिउड अभिनेत्री शिल्पा शेट्टीका पतिको धरौटी स्वीकार



अ+ अ-

एजेन्सी । भारतको सर्वोच्च अदालतले बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा, मोडेल शर्लिन चोपडा र पुनम पाण्डे तथा उमेश कामतलाई अश्लिल सामग्री उत्पादन गरी ओटिटी प्लेटफर्मबाट देखाएको मुद्दामा अग्रिम धरौटी स्वीकार गरेको छ ।

न्यायाधीश केएम जोसेफ र बिभी नागरथनाको इजलासले आवश्यक परेका बेला अनुसन्धानमा सहयोग गर्न आदेश दिँदै नियमित जमानतका निम्ति मुम्बइ ट्रायल कोर्टमा सुझाएको छ । महाराष्ट्र प्रहरीले पनि राजकुन्द्रालगायतको उक्त मुद्दामा भएको आदेशको विरोध गरको छैन ।

आरोपितहरूले आफूहरूमाथि लगाइएका मुद्दा खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । साइबर कानुनअन्तर्गत महाराष्ट्र प्रहरीले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । महाराष्ट्र प्रहरीका अनुसार उनीहरूले सार्वजनिक मर्यादा भङ्ग गर्दै अश्लील भिडियो खिचेर ‘हटसट’ नामको मोबाइल एप्लिकेसनमार्फत वितरण गरेका थिए ।