• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा ★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी

काभ्रेपलाञ्चोक जिल्लामा नयाँ स्वास्थ्य चौकीका लागि जापानी सहयोग



काठमाडौँ । काभ्रेपलाञ्चोक जिल्लामा नयाँ स्वास्थ्य चौकी निर्माणका लागि नेपालस्थित जापानी राजदूत किकुता युताका र ग्रामीण सशक्तीकरण समाजका अध्यक्ष मनोजराज पन्तबीच एक अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

यो परियोजना जापान सरकारको ग्रासरुट्स ह्युमन प्रोटेक्शन प्रोजेक्ट्स (जीजीपी) का लागि अनुदान सहायताअन्तर्गत रु एक करोड ४० लाख उपलब्ध गराइएको हो ।

आयोजनाले चौँरीदेउराली गाउँपालिकामा स्वास्थ्य चौकी निर्माण गर्न सहयोग गरेको छ । अहिले गाउँपालिकाको उत्तरी भेगमा अस्पताल भए पनि गाउँपालिकाको दक्षिणी भागबाट अस्पताल पुग्न दुई घण्टाभन्दा बढी समय लाग्छ ।

दूरी र यातायात कम पहुँचले दक्षिणी भागका बासिन्दाहरूलाई चिकित्सा परीक्षण र उपचार प्राप्त गर्नबाट बञ्चित गरेको छ । साथै उक्त क्षेत्रमा विद्युत आपूर्ति अस्तव्यस्त रहेकोले अस्पतालको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

परियोजनाले उपलब्ध गराउने अनुदान रकमले स्वास्थ्य चौकीमा सौर्य ऊर्जा उत्पादन प्रणाली, अवस्था सुधार र वरपरका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराइनेछ ।

जापानले यो परियोजनाले ग्रामीण क्षेत्रमा स्वास्थ्य परिवेशमा सुधार र जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने विश्वास लिएको नेपालस्थित जापानी राजदूतावासले एक विज्ञप्ति जारी गरी जनाएको छ ।

यस चिकित्सा सहायताले जापान र नेपालका जनताबीच वर्तमान र आगामी पुस्ताका लागि दुई मुलुकबीचको मित्रतालाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।