७ आश्विन २०८१, सोमबार
,
Latest
धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौँः इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ । आज बिहान १०ः०० बजे प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्न लागेको बैठकमा पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टीको शनिबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले क्रियाशील सदस्यता विवाद टुङ्गोमा नपुगेको भन्दै साउन १२ गतेदेखि शुरु हुन लागेको अधिवेशनको कार्यतालिका तत्कालका लागि स्थगन गरेको थियो । बैठकले केन्द्रीय महाधिवेशनको कार्यतालिकाका बारेमा भने केही बोलेको छैन ।

शनिबारकै बैठकमा क्रियाशील सदस्यता छानविन समितिले आफ्नो प्रतिवेदन साउन १२ गते अर्थात आजसम्म पार्टी सभापति देउवालाई हस्तान्तरण गर्ने जानकारी दिएको थियो । पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यता टुङ्गो नलागेकाले कांग्रेसले तल्लो तहको अधिवेशनको मिति तत्काल तोक्न सकेको छैन ।

क्रियाशील सदस्यता टुङ्गो लागेपछि महाधिवेशनको नयाँ मितिबारे पदाधिकारी बैठकमा छलफल गरेर केन्द्रीय कार्यसमितिको बैठकमा अनुमोदनका लागि पठाइनेछ ।