• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्रीलाई काँग्रेसको जवाफ: तपाईंलाई जंगलबाट राजनीतिमा काँग्रेसले ल्याएको हो ★   रविलाई काँग्रेसको चेतावनी: काँग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन ★   सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही ★   नेपाली काँग्रेसले आउँदो चुनावमा आजको मूल्य चुकाउँछ: प्रधानमन्त्री दाहाल ★   सभामुखसँग प्रतिनिधि सभा बैठक सञ्चालन गर्नुको विकल्प थिएन: मन्त्री गिरी ★   काँग्रेसले लोकतन्त्रको भद्दा मजाक गर्‍यो: गृहमन्त्री लामिछाने ★   संसदमा सभामुख पार्टी विशेषको कार्यकर्ताको रुपमा प्रश्तुत भए: काँग्रेस ★   प्रिमियर लिगमा कसले कुन अवार्ड पाए ? ★   बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प ★   पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

स्ववियु चुनावको मिति तत्काल घोषणा गर्न अनेरास्ववियुको माग



काठमाडौँ । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले तत्काल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन घोषणा गर्न माग गरेको छ ।

मंगलबार अध्यक्ष सुनीता बरालसहितको टोलीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाउँदै तत्काल स्ववियु चुनावको मिति घोषणा गर्न माग गरेको हो ।

विश्वविद्यालयमा स्ववियु नहुँदा शैक्षिक माफिया मौलाउने र विद्यार्थीका नाममा अराजक गतिविधि बढेको अनेरास्ववियुले बताएको छ ।

अनेरास्ववियुको विज्ञप्तीमा भनिएको छ – ‘जब विश्वविद्यालय स्ववियुविहीन हुन्छ त्यहाँ एकातिर शैक्षिक माफियाहरु मौलाउने र अर्कातिर विद्यार्थीका नाममा अराजकता र अपराधिकरण चुलिँदै जान्छ भन्ने तथ्य पनि प्रश्नपत्र सम्बन्धी मुद्दा, विश्वविद्यादलयमा भएका निरन्तरको तालाबन्दी र प्रँध्यापकमाथिको सांघातिक आक्रमणले थप पुष्टि गरेका छन् ।’

त्रिभुवन विश्वविद्यालयले हरेक २ वर्षमा फागुनमा स्ववियु चुनाव गर्दै आएको थियो । तर १४ वर्षदेखि स्ववियु चुनाव हुन सकेको छैन ।