७ आश्विन २०८१, सोमबार
,
Latest
अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल भाषा, साहित्यको विकासमा राष्ट्रकवि घिमिरेको योगदान अतुलनीयः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिकता पाएसँगै उपेन्द्र यादवले बोलाए कार्यकारिणी समितिको बैठक



फाइल फोटो
अ+ अ-

काठमाडौं । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा कार्यकारिणी समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्न लागेको हो । अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज बस्न लागेको हो  ।

बैठकमा पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने बताईएको छ । 
निर्वाचन आयोगमा हिजो भएको हेड काउन्टमा उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

सोलगत्तै आयोगले उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारिकता दिँदै महन्थ ठाकुर पक्षलाई प्रक्रिया पुर्याएर नयाँ पार्टी दर्ता गर्न आउन भनेको थियो ।