• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

अध्यादेशको अस्त्र: अध्यादेश ल्याउनु गलत, स्वीकार्य छैन- महामन्त्री शर्मा



file

काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिशभा सदस्य विश्वप्रकाश शर्माले संक्रमणकालमा अध्यादेश ल्याउनु गलत भएको टिप्पणी गर्नुभएको छ ।

शर्माले संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु गलत भएको जनाउनु भएको हो ।

सरकारले अध्यादेश जारी गर्ने निर्णय गरेपछि कांग्रेस महामन्त्री शर्माले ट्वीटमार्फत आफ्ना धारणा सार्बजनिक गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ । सडकमा छँदा जे सत्य, संसदमापनि त्यहीनै सत्य ! त्यसैले सार्वजनिक दर्ज होस् ,असहमति‘ !

‘संक्रमणकाल’मा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभुत छलफलको हेक्का नराखिनु सम्पुर्ण रुपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन@PM_nepal_यो प्रकरणमा नैतिक प्रश्नपनि जोडिएको छ !

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले मुद्दा फिर्ता लिन फौजदारी संहितामा संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको हो।