२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव



अ+ अ-

विराटनगर । जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्नेमा सहभागीहरुले दिएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरुको सुझाव छ ।

ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाषक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरुले ऐन तथा नियमावलीमा उल्लेखित व्यहोरा पूर्णपालना गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रदेश नं १ र मधेस प्रदेशका विषादी व्यवसायी, आयातकर्ता र सरोकारवाला गरी ३० जना सहभागी रहेको सो गोष्ठीमा प्रदेश नं १ का कृषि मन्त्रालयका कानुन अधिकृत शङ्कर बाराकोटीले विषादी ऐन र नियमावलीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।

नेपालमा बर्सेनि करिब आठ सय ३१ मेट्रिकटन जीवनाषक विषादी आयात हुने गरेको छ । एकसय ६५ प्रकारका त्यस्ता विषादीमा २४ प्रकारको विषादी आयात हुन सरकारले प्रतिबन्ध लगाएको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले जानकारी दिनुभयो ।

गोष्ठी उद्घाटन गर्दै प्रदेश नं १ कृषि सचिव मेघनाथ तिमल्सेनाले नेपालमा २०५१ सालमा जीवनाषक विषादी ऐन तर्जुमा भएको चर्चा गर्दै यस्तो विषादी प्रयोगकर्तासम्म ऐनमा उल्लेखित विषयमा जानकारी गराउनु अपरिहार्य भएको बताउनुभयो । उहाँले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगमा सावधानी अपनाउनुपर्नेमा जोड दिनुभयो ।

केन्द्रका प्रमुख सावित्री बरालले विषादी व्यवसायीले आफ्नो व्यवसायसँगै दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा देखिएका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा विषादी व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष अनिलकुमार साहले ऐनमा उल्लेखित कुरा र मार्गदर्शनअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस