२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा तीन जना पक्राउ



अ+ अ-

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिकाकी १७ वर्षिया किशोरी बलात्कारको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कक्षा ९ मा अध्ययन गरिरहेकी किशोरीलाई पटकपटक बलात्कार गरेको भन्दै किशोरी र परिवारजनको जाहेरीका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा बेलौरी नगरपालिकाका २० वर्षीय दीपक बोट, ३७ वर्षीय साधुराम राना र ३३ वर्षीय हरिशंकर राना रहेका छन् । उनीहरुमाथि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए।

पक्राउ परेका तीनै जना किशोरीको आफन्ति रहेको र उनीहरुले फरक फरक मितिमा किशोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

किशोरीको स्वास्थ्य परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको छ। किशोरीको महिनावारी रोकिएपछि परिवारका सदस्यहरूले घटनाबारे थाहा पाए लगत्तै प्रहरीमा जाहेरी दिएका थिए।