७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

संसदमा जे देखियो (फाेटाे फिचर)

संसदमा जे देखियो (फाेटाे फिचर)
अ+ अ-

काठमाडौँ । एमसीसीलाई अनुमोदन गर्न प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गर्दा सत्ता साझेदार दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् ।

नेकपा एमालेले संसद् बैठक अवरोध गर्न नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबल गर्न अनुमति दिनुभएको थियो । 

तत्पश्चात मन्त्री कार्कीले एमसीसी टेबल गर्दै गर्दा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले उठेर नारबाजी गरिरहेका थिए । 

सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदनको बैठकमा कुर्सीमा बसिरहनुभएको थियो भने उहाँकै पार्टीका कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेलसहित केही सांसदहरुले कुर्सीबाट उठेर नाराबाजी गरिरहनुभएको थियो । 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल त रोष्ट्रममै पुगेर नाराबाजी गरिरहनुभएको थियो । सो पार्टीका केही सांसदहरुले पनि एमसीसी टेबल हुँदै गर्दा नाराबाजी गरेका थिए । 

त्यस्तै सत्ता साझेदार राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि नाराबाजी गर्नुभएको थियो । 

सत्ता गठबन्धनको नेपाली कांग्रेसका सांसदहरु भने कुर्सीमा बसिरहनुभएको थियो ।