२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय

संसदमा जे देखियो (फाेटाे फिचर)

संसदमा जे देखियो (फाेटाे फिचर)
अ अ+ अ-

काठमाडौँ । एमसीसीलाई अनुमोदन गर्न प्रतिनिधिसभाको आइतबारको बैठकमा टेबल गर्दा सत्ता साझेदार दलका सांसदहरु नै विरोधमा उत्रिएका छन् ।

नेकपा एमालेले संसद् बैठक अवरोध गर्न नाराबाजी गरिरहेका बेला सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्रीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई एमसीसी टेबल गर्न अनुमति दिनुभएको थियो । 

तत्पश्चात मन्त्री कार्कीले एमसीसी टेबल गर्दै गर्दा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले उठेर नारबाजी गरिरहेका थिए । 

सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्न सहमत भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सदनको बैठकमा कुर्सीमा बसिरहनुभएको थियो भने उहाँकै पार्टीका कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेलसहित केही सांसदहरुले कुर्सीबाट उठेर नाराबाजी गरिरहनुभएको थियो । 

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल त रोष्ट्रममै पुगेर नाराबाजी गरिरहनुभएको थियो । सो पार्टीका केही सांसदहरुले पनि एमसीसी टेबल हुँदै गर्दा नाराबाजी गरेका थिए । 

त्यस्तै सत्ता साझेदार राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि नाराबाजी गर्नुभएको थियो । 

सत्ता गठबन्धनको नेपाली कांग्रेसका सांसदहरु भने कुर्सीमा बसिरहनुभएको थियो ।