• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

कपडा पसलमा आगलागी



फाईल फोटो

जनकपुर । जनकपुरधामको जनकचोकस्थित शिवानी रेडिमेड पसलमा आगलागी हुँदा करिब रु २० लाखको क्षति भएको छ ।

स्थानीय बजरङ्ग चौधरीले सञ्चालन गर्नुभएको सो पसलमा शुक्रबार राति करिब ११ बजे विद्युत् सर्ट भएर आगलागी हुँदा कपडा र रेडिमेट सामानसहित करिब रु २० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पसलमा बिजुलीको कारण आगलागी भएको हुनसक्ने पसलका सञ्चालक चौधरीले बताउनुभयो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस