७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बस्दै



अ+ अ-

काठमाडौं । आज सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बस्ने तयारी गरेका छन्।

आजको बैठकमा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल हुने बताईएको छ । देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्। जसपाको आधिकारिकता अध्यक्ष यादव नेतृत्वले पाएसँगै गठबन्धन बैठक बस्न लागेको हो। 

गठबन्धन बैठकमा यसअघि नेकपा एमालेका नेता माधवकुमार नेपाल पनि सहभागी थिए।