७ आश्विन २०८१, सोमबार
,
Latest
संविधान कार्यान्वयन नहुनु नै संशोधनको आधार होः पूर्वप्रधानन्यायाधीश श्रेष्ठ अब देश सम्हाल्न गाह्रो छः वरिष्ठ उपाध्यक्ष मिश्र घुन्सा हेलिकप्टर दुर्घटनाको १८ वर्षः वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण मुगु ६५औँ साक्षर जिल्ला ‘भेन्टिलेसन’को रड काटेर फरार भएका सात थुनुवा पक्राउ प्रधान सेनापति र फ्रान्सका राजदूतबीच भेट सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप सदस्यसचिव घिसिङ आर्थिक स्रोतको बहस गर्न आवश्यक छः उपाध्यक्ष पाण्डे अर्थमन्त्री पौडेल चीन प्रस्थान गर्दै काँग्रेस–एमालेले सत्ताका लागि संविधान संशोधनको कथा बनाएः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारूढ गठबन्धनको बैठकः मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिइने



फाईल फोटो
अ+ अ-

काठमाडौं । आज बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ। आजको बैठक लगभग २ घन्टासम्म बालुवाटारमा बसेको थियो। बैठकमा मन्त्रिमण्डल बिस्तारबारे छलफल भएपनि निष्कर्ष भने ननिस्किएको बताईएको छ । 

बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी छन् भने जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी  थिए ।

बैठकमा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहेको थियो । नेपाल समूहबाट डा. विजय पौडेल बैठकमा सहभागी थिए । यतिबेला देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री छन् भने माओवादीबाट दुई जना मन्त्री छन्। जसपाको आधिकारिकता अध्यक्ष यादव नेतृत्वले पाएसँगै गठबन्धन बैठक बसेको हो ।