२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत खपत बढाउन पूर्वाधार विकासमा लगानी बढाएका छौँः कुलमान घिसिङ(भिडियोसहित)



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताउनुभएको छ ।

बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको ‘फिन इलेक्ट्रो टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि लगानी केन्द्रित रहेको बताउनुभएको हो । उहाँले नेपालमा उत्पादन विद्युत नेपालमा नै खपत बढाउनको लागि विभिन्न इभि एक्स्पोहरु भइरहेको बताउनु भयो ।

घिसिङले विद्युत खपतको लागि चार्जिङ स्टेसनहरु बिस्तार र इन्डक्स कुकिङलाई प्राथमिकता दिँदै आएको बताउनु भयो । उहाँले विद्युत प्रशारण, वितरण र सव स्टेशनको विकास नभइ विद्युत खपत बढाउन नसक्ने बताउनु भयो । उहाँले प्राधिकरण गुणस्तरीय विद्युत र चाहे जति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा रहेको बताउनु भयो ।

घिसिङले गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा प्राधिकरण पुगेको बताउनु भयो ।उहाँले भन्नुभयो,‘अहिले नेपालमा नै विद्युत खपत बढाउनको लागि इभि एक्स्पोदेखि इभिको प्रमोसन भएको छ । चार्जिङ स्टेशनहरु बढेको छ । प्राधिकरण इन्डक्स कुकिङको कुरा गरिरहेका छौं । सरकार र प्राधिकरण विद्युतीय आवश्यक पूर्वाधारको विकासका लागि निरन्तर लागिरहेका छौं ।’

‘विद्युत प्रशारण वितरण र सव स्टेशनको विकास नभइ धेरै विद्युत खपतको अपेक्षा गर्न सक्दैनौं । विद्युतीय पूर्वाधार निर्माणमा प्राधिकरणको ठूलो लगानी भइरहेको छ । प्राधिकरण निरन्तर,गुणस्तरिय विद्युत र चाहेजति विद्युत सप्लाई गर्ने विद्युतीय पूर्वाधार निर्माण गर्ने चरणमा छौं । गाउँगाउँमा शतप्रतिशत विद्युतीकरण गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार पूरा गर्ने चरणमा पुग्दैछौं । यसले विद्युतीय उपकरणको खपत बढ्ने विश्वास लागेको छ ।’

‘केही वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था आउँदैन । वर्षाको समयमा विद्युत निर्यात गरिरहेका छौं । विद्युत निर्यात गर्नु सरकारको सफलता होइन तर खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात नै गर्नुपर्छ । विद्युत खपत बढाउने हो । विद्युत खपतमार्फत नै समृद्धि हुन्छ । एक युनिक विद्युत पनि खेर फाल्नु हुँदैन ।’

उहाँले अबको २ वर्षपछि नेपालले विद्युत आयात गर्नुपर्ने अवस्था नआउने बताउनु भयो । उहाँले वर्षाको समयमा विद्युत निर्यात गरिरहेको भन्दै विद्युत निर्यात गर्नु सरकारको सफलता नभएता पनि खपत नभएको विद्युतलाई खेर फाल्नु भन्दा निर्यात गर्नु राम्रो भएको बताउनु भयो । उहाँले विद्युत खपत बढाए मात्रै मुलुकमा समृद्धि आउने भन्दै एक युनिक विद्युत पनि खेर फाल्नु नहुने बताउनु भयो ।