• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ) ★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी ★   पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा ★   ३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक ★   २०८३ चैतसम्म काठमाडौँ–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन्: मन्त्री उप्रेती ★   गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ ★   नेपाल टेलिकमले ल्यायो जिएसएम मोबाइल तथा एफटिटिएचमा आकर्षक प्याकेज

काग्रेस नेता भुपेन्द्रजंग शाही को प्रश्न: पार्टीमा केही मुठ्ठीभर मान्छेको रजाइँ मात्र चल्ने हो ?



काठमाडौँ । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले पार्टीमा पद नभई पार्टीको चिन्ता गर्न आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले को व्यक्ति मन्त्री, को मुख्यमन्त्री र को प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टीलाई कसरी शुद्धीकरण र सुदृढीकरण गर्ने बहसको थालनी गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

उहाँले लेख्नुभएको छ, “व्यक्ति बलियो बनाउने भन्दा संस्था कसरि बलियो बनाउने छलफल केन्द्रीत गरौँ। तत्काल नीति महाधिवेशन र महासमितिको बैठकको आयोजना गरेर पार्टी निर्माण तथा देश निर्माणमा नीतिगत र वैचारिक बहसको व्यापक थालनी गरौँ।”

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीले सोचेको जस्तो परिणाम नआएकाले तत्काल समीक्षा गर्नुपर्ने बताउनुभएको छ । उहाँले एमालेलार्इ परास्त गर्ने भनेर ५ दलको महागठबन्धन गर्दा पनि एमाले सशक्त नै देखियो भन्दै यस विषयमा गम्भीर ढंगले सोच्नुपर्ने उल्लेख गर्नुभएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको टिप्पणी यस्तो छ ः

पद होइन पार्टीको चिन्ता गरौँ।

१) सर्वप्रथम निर्वाचनमा पार्टीले सोचेको जस्तो परिणाम किन आएन रु यसको तत्काल समीक्षा गरौँ।

२) को व्यक्ति मन्त्री, को मुख्यमन्त्री, को प्रधानमन्त्री बन्ने भन्दा पनि पार्टीलाई कसरी शुद्धीकरण र सुदृढीकरण गर्ने बहसको थालनी गरौँ ।

३) व्यक्ति बलियो बनाउने भन्दा संस्था कसरी बलियो बनाउने छलफल केन्द्रीत गरौँ। तत्काल नीति महाधिवेशन र महासमितिको बैठकको आयोजना गरेर पार्टी निर्माण तथा देश निर्माणमा नीतिगत र वैचारिक बहसको व्यापक थालनी गरौँ।

४) गठबन्धन किन असफल भयो ? दुईतिहाइ बहुमत ल्याउने भनेको गठबन्धन बहुमत ल्याउन पनि किन असफल भयो ?

५) एमालेलाई परास्त गर्ने भनेर ५ दलको महागठबन्धन गर्दा पनि एमाले सशक्त नै देखियो। यस विषयमा गम्भीर ढंगले सोचौँ।

६) समानुपातिकमा काङ्ग्रेसको निकै नै मत घट्यो, यसको जिम्मा पदाधिकारीले लिनु पर्ने कि नपर्ने ? कि कार्यकर्ताले लिनु पर्ने हो ?

७) टिकट वितरणमा गरिएको अन्याय, अत्याचार र मनपरीका विरुद्ध उतिबेला कोही नबोल्ने। पार्टीमा योगदान गरेका, दुःख गरेका, आफ्नो सम्पस्र्ण जीवन समर्पित गरेका नेता कार्यकर्ताहरुको राजनीति समाप्त पार्ने अनि आज पन्छाएर किनारामा पारिएकाहरुको विषयमा केही बोल्न पर्ने कि नपर्ने रु खाली केही मुठ्ठीभर मान्छेको रजाइँ मात्र चल्ने हो त रु

८) देशैभरि युवाको लहर आएको बेला काङ्ग्रेसमा युवालाई टिकटै नदिएर पन्छाउने अनि अहिले यसको जिम्मेवारी नलिएर पदाधिकारीहरु पानीमाथिको ओभानो बन्न मिल्छ र ?

९) पार्टीबाट भएका कमिकमजोरीहरुको नेत्तृत्वले जिम्मा लिनु पर्छ तर कुनै पनि गलत निर्णयमा कसैले असहमति गरेको पाइएन । हरेक निर्णय सहमतिमै गरेको देखिन्छ त्यसैले टिकट वितरणमा बस्नुभएका अरु नेताहरु जिम्मेवारीबाट भाग्न मिल्छ कि मिल्दैन ?

१०) पार्टी महाधिवेशनबाट अब काङ्ग्रेस युवामय होला भनेको त झन युवाले टिकट पाएनन्, नेविसंघ र तरुण दललाई कोमामा राखियो, युवाको आवाज झन बन्द गर्ने काम भयो । अब यसको जिम्मेवारी कसले लिने ? यसको उत्तर कसैले दिन पर्ने कि नपर्ने ?