३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

दिपशिखाको दु:खेसो : प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलीले क्रान्ति बन्ने भए म अज्ञानी हुँ ।



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कतारमा जारी बिश्वकप फुटबल प्रतियोगित हेर्न गएपछि पार्टीकै केही नेता तथा कार्यकर्ताले आलोचना गरे ।

आलोचना पछि सापकोटाले आफ्नो फेसबुकमा लेख्नुभयो – एकदिन गयल नभईकन २६ वर्ष पार्टीमा गरेको योगदानको एक रत्तिपनि ख्याल नराखी साथीले दिएको टिकटमा फुटबल हेर्दा फटाहा, लुटाहा पुँजिवादी सबै भईयो ।

उहाँले लेख्नुभएको छ -न कसैलाई धम्क्याएको छ, न घुर्क्याएको छ, खास मैले धम्क्याएको कसलाई हो ? मेरा बारेमा सार्वजनिक टिप्पणी गरेपछि प्रस्टिकरण दिनु र चरित्रहत्याको कानुनी उपचार खोज्छु भन्दा धम्कि हुन्छ भन्ने मलाई ज्ञान भएन ।

सापकोटाले लेख्नुभएको छ- दुनियासंग कुनै गुनासो छैन, मेरा प्रिय माओवादी कमरेडहरू यस्तो यदुवंशिय शैलिले क्रान्ति बन्ने भए म अज्ञानि हॅु ! माफ पाम !