• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo

संसद सचिवालयका महासचिवलाई कारबाही गर्न नेपाल बारको माग



काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको संसद सचिवालयको पत्रलाई कार्यान्वयन नगर्न माग गरेको छ ।

संसद सचिवालयले मंगलबार लेखेको पत्रले संविधान, ऐन, कानून तथा संसदीय मूल्य, मान्यताको उल्लंघन गरेको बताउँदै बारले संसद सचिवालयले लेखेको पत्र शून्यप्रभावी रहेकाले कार्यान्वयन नगर्न माग गरेको हो ।

यस्तै, बारले संसद सचिवालयका महासचिव डा. भरतराज गौतमलाई कारबाही गर्नसमेत माग राखेको छ ।

नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालद्वारा जारी विज्ञप्तिमा बारले १०९ दिनसम्म गरेको आन्दोलनको स्मरण गराउँदै पदीय हैसियतको ख्याल नगरी एक कर्मचारीबाट सार्वभौम संसदको क्षेत्राधिकारमाथि हस्तक्षेप गरिएको आरोप समेत लगाएको छ ।