२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस पदाधिकारी बैठकः क्रियाशील सदस्यता विवाद टुंग्याउन छानबिन समितिलाई २४ घन्टा



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद टुंग्याउन २४ घन्टाको समय दिएको छ ।   

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको हो । 

बैठकमा प्रधानमन्त्री देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहित पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरू उपस्थित थिए।

२४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुने बताइएको छ ।

क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित हुँदै आएको छ ।